• काठमाडौं, २२ चैत  । ‘चैतमा गोरु बेचेर पाखी किन्ने’ बूढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानीलगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ।

    मंगलबार र बुधबारको वर्षाले जाडो बढाएको हो। चैतमा जाडो बढेपछि अग्रजहरूले सायद ‘पाखी’ किन्ने यो किस्सा जुराएका थिए। हिमाली जिल्लामा तान लगाएर भेडा–च्याङ्ग्राको उनबाट बुनिने पाखी निकै न्यानो हुन्छ।

    यो वर्ष मनसुन सुरु नहुँदै काठमाडौंमा बुधबार ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। ‘प्री’ मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबारदेखि सुरु भएको मनसुनी वर्षा तीन दिनसम्म रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा विमानस्थल कार्यालयका मौसमविद् वरुण पौडेलले बताए।

    उपल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको विकास भएपछि ‘प्री’ मनसुन सक्रिय हुन्छ। यसैकारण मध्य र पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाको भनाइ छ।

    बुधबार सबैभन्दा धेरै पोखरामा २५ दशमलव ४ र दाङमा १२ मिलिमिटर वर्षा भएको छ। यस्तो मनसुन यतिबेला नेपाल प्रवेश गरेको छ।आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…