• मोरङको उर्लाबारी, सुनझोडामा जन्मिएकी मेचु धिमाल विषेशत साँगीतिक क्षेत्रमा संघर्षरत छिन् । पहिलो गीतबाट कदम कदमबाट उत्साहित बनेकी उनीले आफ्नो गीतबाट नै म्युजिक भिडीयोमा डेब्यु गरेकी छिन् । मिलेको शरिर,मिठो मुस्कानले जो ध्यानाकर्षण गराउने मेचु गायनसँगै मोडलिङलाई पनि निरन्तरता दिन चाहान्छिन् । आफ्नै गीतमा आफै अभिनय गर्नुका कारण बारे मेचु भन्छिन्,‘ म मेरो गीतको भावलाई पर्दामा उर्तान सक्छु भनेर आफै खेलेकी हु ।  अभिनय मेरो अभिरुचि पनि हो ।



    ’ मोडलिङ भने आफ्नै भिडीयोमा मात्र खेल्ने दावी गर्ने मेचुलाई सोधियो,  साँच्चै अरुको खेल्नुहुन्न त ? उनले भनिन्,हो म अरुकोमा खेल्दिन । मेरो विशेष रुचि गायन हो, यसैमा स्थापित हुन संघर्षरत छु ।’ यद्यपि, आफ्नो जातिको कलासंस्कृतिमा आफु खेल्न सक्ने धिमाल संकेत दिन्छिन् । हाल काठमाडौँमा रहेर साङ्गीतिक दुनियाँमा पाईला चालिरहेकी मेचु पिता सन्तोष धिमाल र माता गीता धिमालको कोखबाट २०५१ सालमा  जन्मिएकी हुन्  । बाल्य कालदेखि नाच्न पोक्त मेचुलाई कक्षा ९ मा पढ्दा विद्यालयमा भएको गायन प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेपछि आफु पनि यहि क्षेत्रमा केहि उर्जा मिलेको थियो ।

     



    उनले आफ्नो गायन कलालाई साँस्कृतिक कार्यक्रम मार्फत निखार्ने अवसर प्राप्त गरिन्  । हाल भने काठमाडौँको डोरेमी सङ्गीत पाठशालाबाट गायनलाई अझ निखार्न व्यस्त छु मेचु भन्छिन् । उमेरले २२ वर्षमा टेकेकी मेचु नेपाल तारा सिजन–३ मा टप २० सम्म आएपछि चिनिएकी थिइन् । बहुप्रतिभाकी धनी मेचु धिमालको पहिलो गीत ‘कदम कदम’ भरखरै बजारमा पनि आएको छ । लेखु सहयात्रीको शब्द र पुरुषोत्तम न्यौपानेको सङ्गीतमा स्वर दिएकी मेचुले आफ्नै मोडलिङमा भिडियोसमेत सार्वजनिक गरेकी छिन् । आधुनिक गीतमा जम्ने प्रयासमा रहेकी मेचुले योसँगै अन्य गीतसमेत ल्याउने तयारीमा रहेको बताएकी छिन् ।

    फोटोग्राफरः विकास पराजुली

    डिजाइनरः तृष्णा गुरुङमेकअप आर्टिष्टः समरा लामा

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…