• काठमाडौं, २२ चैत : जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । यदि सलमानले पूरा सजाय जेलमै बिताउनु परेमा बलिउडको करोडौं रुपैयाँ डुब्नेछ । सन् १९९९ मा रिलिज भएको चलचित्र ‘हम साथ साथ हैं’ को छायांकनको दौरानमा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गरेको हो । अहिलेको बलिउड बजारमा सलमान खानमा लगभग ४ सय करोडको लगानी रहेको छ ।
    १ सय ५० करोडको ‘रेस ३’

    अहिले सलमान खान चलचित्र ‘रेस ३’ छायांकनमा व्यस्त रहेका छन् । सलमान खान प्रमुख भूमिकामा रहेको यस चलचित्रको बजेट १ सय ५० करोड रहेको छ । यदि सलमान खान धरौटीमा रिहा हुन सकेन भने यस चलचित्रका निर्माताको ठूलो रकम फस्नेछ ।

    ‘दबङ ३’ को बजेट १ सय करोड

    ‘दबङ’ को तेस्रो भाग ‘दबङ ३ ’ को छायांकन सुरु हुनै लागेको छ । यो चलचित्रको दुवै भागमा सलमान खान र सोनाक्षी सिन्हाले अभिनय गरेका थिए । यसको बजेट झण्डै १ सय करोड रहेको छ ।

    धेरै फिल्मको प्रि–प्रोडक्सन शुरु

    फिल्म ट्रेड समीक्षक अमोद मेहराका अनुसार ‘रेस ३’ अलावा उनको ‘दबङ ३’, ‘किक २’ तथा ‘भारत’ लगायतका चलचित्रको भने छायांकन सुरु भएको छैन । तर यी फिल्मको प्रि–प्रोडक्सन भने सुरु भैसकेको छ । जसमा १ सय करोडभन्दा बढी खर्च भैसकेको छ ।

    टेलिभिजन शोमा पनि ठूलो लगानी

    सलमान खानमाथि केवल चलचित्रमा मात्रै होइन, टेलिभजन रियालिटी शोमा पनि ठूलो बजेट खर्च गरिएको छ । सलमान खान दश वर्षपछि ‘दस का दम’ लिएर आउँदैछन् । यो गेम शोको प्रोमो सार्वजनिक भैसकेको छ । छिट्टै सुरु हुने यो शोको होस्ट सलमानले गर्ने तय भएको छ । अमोद मेहरा भन्छन्, ‘दसका दम २’ शोको लागि च्यानलले ठूलो खर्च गरिसकेको छ । यस्तो अवस्थामा इन्डस्ट्रीलाई नोक्सान त हुन्छ नै साथसाथै सलमान खानको करिअरमै पनि ठूलो धक्का पुग्न सक्छ ।’ सलमान खान ती सुपरस्टारमध्येका एक हुन् जसमा फिल्म उद्योग धेरै नै निर्भर रहेको छ । यदि उनलाई जमानत प्राप्त भएन भने उनीमाथि गरिएको लगानी डुब्ने सम्भावना धेरै रहेको छ । सलमान खानलाई जोधपुरमा रहेको सेन्ट्रल जेलमा राखिएको छ । उनलाई जमानत प्राप्त हुन्छ हुँदैन भन्ने बारेमा भने शुक्रबारसम्म पर्खनुपर्ने बताइएको छ । बीबीसी हिन्दी

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…