• एजेन्सी- कालो हरिण मारेको आरोपमा दोषी ठहर भएपछि बलिउड अभिनेता सलमान खान जोधपुलको सेन्ट्रल जेलमा कैदी नम्बर १०६ भएका छन्।

    उनलाई जेलको वार्ड नम्बर २ मा राखिएको छ। जोधपुर डीआईजी जेलर विक्रम सिंहले भनेका छन्, ‘सलमान खानको मेडिकल टेस्ट गरिएको छ। उनलाई कुनै समस्या छैन। भोलि उनलाई जेलको बर्दी दिन्छौँ।’

    उनका अनुसार सलमानलाई छुट्टै चार सुरक्षाकर्मी खटाइनेछ। यसका साथै शुक्रबार उनले आफ्नो आफन्तसँग भेटघाट गर्न पाउने जेल प्रशासनले जनाएको छ।

    यसअघि विहीबार नै सलमान खानलाई खाना खान अलग्‍गै भाडाकुँडा दिइएको छ। खानामा चनाको दाल, बन्दाकोभीको सब्जी र रोटी दिइएको छ। यस्तै बिहानको खाजामा चिया र विस्कुट दिइनेछ। यसका साथै उनलाई खिचडीसमेत उपलब्ध गराइनेछ।

    भारत राजस्थान जोधपुरको अदालतले २० वर्ष पुरानो मुद्दामा बिहीबार फैसला सुनाउँदै सलमानलाई सजाय सुनाएको थियो। अदालतको फैसलापछि कतै खुशीयाली छ भने कतै निराशा छाएको छ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…