• रातोकलम/  कुनै समय थियो जतिबेला यहि हाम्रो समाजमा सजायको नाममा मानिसले मानिसलाई अति निर्मम यातना दिन्थ्यो।  जस मध्ये केहि सजायका तत्कालिन तरिकाहरु यस्ता थिए।

    कफिन खोर:  यो सजायमा अपराधीलाई फलामले बनेको पिँजडा आकारको शव बाकसमा ज्युँदै थुनिन्थ्यो। बाकसको साईज अपराध हेरि तय गरिन्थ्यो। र अपराधीको शरीर गलेर कंकाल मात्र बाँकी होईन्जेल झुण्ड्याएर राखिन्थ्यो।

    तुरुङ खटिया: यो सजायमा अपराधीलाई एक प्रकारको खाटमा सुताईन्थ्यो। र शरिरका जोर्नीहरु खुस्किउन्जेल चारतिरबाट हात-खुट्टा बेस्कन तन्काईन्थ्यो।

    स्पेनिस डङ्की: यो सजायमा अपराधीलाई धारिलो बेन्चमाथी दुईपट्टी खुट्टा झारेर बसाईन्थ्यो। र उसका दुबै खुट्टामा भारी वस्तुहरु झुण्ड्याईन्थ्यो। ताकि त्यो वजनका कारण उसको शरीर बिस्तारै दुई फारी होस्।

    ब्याम्बु टर्चर: यो खालको सजाय प्राय: एशियाली मुलुकहरुमा प्रचलित थियो। यो सजायमा अपराधीलाई नाङ्गै पारेर बाँसका तामाहरु पलाउँदै गरेको जमीनमा सुताईन्थ्यो। ताकी बाँसका तामाहरु बढ्ने क्रममा अपराधीको शरीर छेंडेर जाऊन्।

    घुँडा च्याप्ने तुरुङ्: यो तरिका अनुसार, दुबैतिर तीखा फलामे दाँती भएको काठे साँचोमा अपराधीको खुट्टा घुसारिन्थ्यो। र दाँतीहरु घुँडामा पर्नेगरी राखेर बोल्ट घुमाउँदै टाईट गरिन्थ्यो। यसो गर्दा ती फलामे काँडाहरुले घुँडा छेंडेर वारपार हुन्थे।

    आरा यातना: यो सजायमा अपराधीलाई उभिण्डो पारेर झुण्ड्याईन्थ्यो। र उसका दुई खुट्टाको बिचबाट लामो काठ चीर्ने आराले चिरेर शरिरलाई दुई भागमा छुट्याईन्थ्यो।

    मुसा यातना: यो सजायमा अपराधीलाई नाङ्गै उत्तानो पारेर सुताईन्थ्यो। र उसको पेटमाथी मुसा थुनिएको खोर राखिन्थ्यो। अनि त्यो खोरलाई बिस्तारै तताईन्थ्यो। तातोले गर्दा मुसा आत्तिएर भाग्ने क्रममा अपराधीको भुँडी खोतलेर दुलो बनाउँथ्यो।

    हेड क्रसर: यो दण्डमा अपराधीको टाउकोलाई एक प्रकारको हाते मेशिनमा राखिन्थ्यो। र हेण्डिल घुमाउँदै टोपी आकारको काँडेदार धातुले टाउकोलाई निचोर्थ्यो। मेशिनमा टाउको चेप्टिंदै जाँदा अपराधीका आँखा निस्कन्थे। खप्पर नेप्टिन्थ्यो। क्रमश: पुरै टाउको थिलिपितिली हुन्थ्यो।

    चाईनिज पानी तुरुङ: यो यातनामा अपराधीलाई कुर्सिमा बाँधेर बसाईन्थ्यो। र थाप्लोबाट अति तातो वा अति चिसो पानी निरन्तर खन्याईन्थ्यो। 

    जुडास फन्दा: यो सजायमा अपराधीलाई चारैतिरबाट डोरीले बाँधेर झुण्ड्याईन्थ्यो र उसको मलद्वार वा योनीद्वारमा पर्नेगरी तलपट्टी तीखो चोके भएको टूल राखिन्थ्यो। अनि बिस्तारै डोरीहरु खुकुलो पर्दै लगिन्थ्यो।

    चाईनिज यातना कुर्सी: यो सजायमा कुर्सीभरी तीखा काँटी र धारिला ब्लेडहरु हुन्थे। अपराधीलाई त्यो कुर्सिमाथी बस्न लगाईन्थ्यो। 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…