• उर्लाबारी । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लि. शाखा उर्लाबारीको आयोजनामा भएको सात दिने गुडिया बनाउने ७ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
    उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा बैंकका उर्लाबारी शाखाका कार्यकारी प्रमुख देबेन्द्र बस्नेतको सभापतिमा भएको थियो । समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले सीपमूलक गुडिया बनाउने तालिम सञ्चालन गरी उदाहरणीय कार्य गरेको उल्लेख गरे । महिलाहरू एकजुट भए मात्र महिला हिंसा समाप्त पार्न नसकिने उनको भनाई छ । उनले भने, ‘महिला सशक्तीकरण हुनलाई आर्थिकरूपले आत्मनिर्भर हुन जरुरी छ तर एकै पटकमा सबै कुरा परिवर्तन गर्न सकिन्न । परम्परागत आम मान्यता र धारणालाई पनि परिवर्तन गर्न लामो प्रक्रियाबाट गुज्रनुपर्छ ।’ उनले तत्काललाई प्रत्येक महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन उनीहरूको हातमा सीप, मनमा जिज्ञासा र दिमागमा बौद्धिक क्षमताले भर्नु आवश्यक रहेको बताए । कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई(भरत), इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतले बोल्दै सीपमार्फत महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने कुरामा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन बैंककी कर्मचारी पूजा चुडालले गरेकी थिइन् । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…