• काठमाडौं – पश्चिम तथा मध्यका अधिकांश क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि बदलीकै अवस्था रहने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

    उपल्लो वायुमण्डलमा बनेको न्यून चापिय प्रणाली, स्थानीय वायुको प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसम बदली हुने तथा पानी पर्ने गरेको मौसमविद पौडेलले जानकारी दिए ।

    पश्चिमका दीपालय, धनगढीसहित काठमाडौं र आसपासका क्षेत्रमा शनिबार बिहान पनि पानी परेको थियो । दिनभर पूर्वी तराईको मौसम सफा रहे पनि अरु ठाउँमा बादल लाग्ने र केही खुलेजस्तो हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।

    प्रि–मनसुनको समय भएकाले यस्तो भएको र बेलुका तिर केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । तर लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद पौडेलले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…