•  

     

     

     

    हरि खड्का , दुबई 

    नेपाली जनसम्पर्क समिती युएईले नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री तथा पुर्व ग्रुहमन्त्री खुम बहादुर खड्काको असामायिक निधन प्रती दु:ख व्यक्त गर्दै एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली सभा सप्पन्न गरेको छ।

    खड्काको शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रमको सभापतित्व जनसम्पर्क समिती युएइका सभापती खेमराज बस्नेतले गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी सस्थापक सभापति , प्रमुख सल्लाहकार तथा संरक्षक चित्र बहादुर केसि , त्यस्तै गरि अतिथिहरुमा समितीका सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली , सल्लाहकार रामकृष्ण पुन, साउदी अरेबिया जनसंंपर्क  समितीका सह महामन्त्री शरद कुमार शर्मा र आईसीसी सदस्य तथा गृन लाइन ट्राभलका संचालक सफल व्यवसायी ठाकुर प्रसाद ढुङ्गाना रहनु भएको थियो । 

    दुईमिनेट मौन धारण गरेर सुरु भएको कार्यक्रममा मनत्व्यको क्रममा काङ्ग्रेसले यस्तो अभिभावक अब नपाउने भन्दै आफुले बाबू समानको अभिभावक गुमाएको भन्दै मनोज गोर्खाली भक्कानिएर रुनु भयो।

    त्यसैगरि प्रमुख अथिती चित्र केसिले राजनितिक प्रतिसोधका कारण खड्का लाई फसाइएको चर्चा गर्दै नेपालि काङ्ग्रेस कै एक खम्बा ढलेको बताउनु भयो । कार्यक्रमका सभापती खेमराज बस्नेतले नेपालि काङ्ग्रेसमा खड्का जस्तो नेताको सदैव अभाव  खड्कने तथा सम्पुर्ण काङ्ग्रेसिहरु टुहुरो भएको चर्चा गर्नु भयो ।

    महामन्त्री कृष्णप्रसाद गौतमले संचालन गर्नु भएको कार्यक्रममा बरिस्ठ उपसभापति भुवानी प्रसाद तिमल्सिना लगायत जनसम्पर्क समिती युएईका विभिन्न पदाधिकारी , नेपालि काङ्ग्रेस प्रती आस्थावान व्यक्ती लगायत अलएन क्षेत्रीय समिती , दुबई क्षेत्रीय समिती का सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता हरि खड्काले बताउनु भयो ।   

    हिमालयन एअरर्लाइन्स को कार्यालयमा भएको कार्यक्रममा श्रद्धाञ्जली सभा पश्चात् टोप बहादुर बिक बचाउ अभियानको लागि प्रतिबद्धता गरिएको १५ सय दिराम पनि एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ लाई सभापति प्रमुख अतिथी , अतिथि लगायत उपस्थित व्यक्ती हरुवाट संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…