• देबु बानियाँ
    झापा । शनिवार बुद्धशबन्तिस्थित त्रिभूवन माविको खेल मैदानमा फुटबल हेर्न आएका दर्शकका लागि खेलको फरक अनुभूति भयो । फाइनल खेल हेर्न आएका दर्शकले शनिवार भने हाँसेर नै खेलको मज्जा लिए । बुधवारे जेसीज र होक्से युवा क्लबको आयोजनामा भएको बुद्धशान्ति च्यालेन्ज कपको फाइनल प्रतियोगिताको पूर्व सन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतियोगितामा फरक कार्य क्षेत्र बनाएर सधैँ व्यस्त रहने गरेका व्यक्तिहरु खेलाडीका रुपमा मैदानमा उत्रिएका थिए । आयोजकले खेलको अवसर मिलाएको थियो । जसमा जेसीज शाख पदाधिकारी अध्यक्ष तथा पदाधिकारी र स्थानीय होक्से कृषि सहकारीबिच खेल भएको थियो 
    खेलमा अग्ला, होचा, मोटा, लुते फरक फरक प्रकृतिका खेलाडीको सहभागिता रहेको थियो । आर्थिक कारोबारको क्षेत्रमा काम गर्ने सहकारी र सामाजिक सेवामा रहेको जेसीजका पदाधिकारीबिचको खेल अत्यन्तै रोमाञ्चक बनको थियो । कसैले खेल अवधीभर राम्ररी गोल हान्न पाएनन् । कसैको बल खुट्टामा परे पनि भनेको दिशामा जान सकेन । अझ रमाइलो त मोटो मान्छे लड्दाको अवस्थामा दर्शकदीर्घबाट हाँसोको फोरा नै चल्थ्यो । 
    धुलावारी जेसीजका अध्यक्ष नारायण खनालले गोल कति पटक छोए त्या त गनिएन । तर, खुट्टो भने औषधी नै गर्नु पर्ने गरी घाइते बनाएका छन् । घाइतेपछि खुट्टा खोच्याउँदै मैदानबाट निस्के । बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन मोते मोटो ज्यानकै कारण मैदान छिर्ने हिम्मत गरेनन् । वीरता जेसीजका अध्यक्ष एकराज गिरी १० मिनेट पनि मैदानमा रहन सकेनन् । अर्जुनधारा जेसीजका अध्यक्ष अनिल देव पनि भुँडीकै कारण खेल्न सकेनन् । चारआली जेसीजका अध्यक्ष रोहित गिरीको अवस्था पनि उस्तै रहयो । उनलाई पनि मोटो ज्यानले मैदान फाबेन । सुरुंगा जेसीजका अध्यक्ष भीम भट्टराई खेल्नु पर्छ भनेर खेल सकिने बेलामा मात्र देखा परे । सायद उनलाई पनि खेलको भन्दा ज्यानको माया थियो होला । बाहुनडाँगी जेसीजका देबु बानियाँ खेल सकिन ५ मिनेट अघि मैदान छिरे । उनले जम्मा ३ पटक मात्र गोल छुने अवसर पाए । 
    भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल हाफ समयबाट मैदान बाहिर गए ।  निर्वतमान अध्यक्ष प्रकाश भण्डारीले पुरै खेल खेले ।  बुधवारे जेसीजका अध्यक्ष प्रकाश भण्डारी, पूर्व अध्यक्ष सेवन्त पोखरेल, उर्लावारी जेसीज अध्यक्ष सञ्जिव शाक्य, दमक चन्द्र भट्टराई पनि रमिते मात्र बने । खेलमा गौरादह जेसीज अध्यक्ष, कमलनगर जेसीजका अध्यक्ष पनि दर्शक मात्र बने । 
    नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शिव शंकर र राष्ट्रिय उपाध्यक्ष रश्मि निरौला  कोच झैँ गरेर बाहिरबाट आफ्ना जेसीज खेलाडीलाई निर्देशनसँगै हौसाइरहेका थिए । धुलावारी जेसीजका शेखर गिरीको डिफेन्स उत्कृष्ट रहयो । खेलमा जेसीज टिमको जित भयो ।  जेसीजले २ गोल गर्यो भने सहकारीबाट एक गोल मात्र भएको थियो । 

       

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…