•  

    आर एन चौधरी थारु ,
    मलेसिया!
    अप्रील-

    नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले यहाँ रहेका विभिन्न सहरहरुमा आयोजना गर्ने भनिएको नेपाली चलचित्र " रेस " च्यारिटी सो भब्य रुपमा सम्पन्न भएको छ।पहिलो चरण कार्यक्रम अन्तरगत अप्रिल ८ तारिख आइतबार मलेसियाको इपोमा आयोजना गरिएको नेपाली चलचित्रको "च्यारिटी सो" यहाँ रहेका नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीता रहेको  नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी दिनु भएको छ।

    अध्यक्ष शेर्पाको भनाइ अनुसार मलेसियाको इतिहासमै पहिलो पल्ट महासंघले यस्ता खाले कार्यक्रम आयोजना गरेका हुन र आयोजना मात्रै नभइ हामीले नसोचेको दर्शकहरुको उपस्थितिले उपलब्धि पनि राम्रो भएको बताए।यो सबै हेर्दा खेरी के प्रष्ट हुन्छ भने यदि हामी नेपालीले चाह्यौ भने नेपाली फिल्म उद्योगमा टेवा पुर्याउने मात्र नभई आर्थिक हिसाबले बलियो बनाउन सक्नुको साथै नेपाली चलचित्रलाई प्रवासमा पनि चिनाउन सकिने भन्नू भयो।
    त्यसै गरि यस् " रेस "चलचित्रको च्यारिटी सो सफल भए पछि आदिवासी जनजाती महासंघ मलेसियाको क्षेत्रीय कमिटी इपोमा समेत गठन गरेको अध्यक्ष शेर्पाको भनाइलाई उदृत गर्दै महासंघका केन्द्रिय महासचिव भिम बानु किरातीले  जानकारी दिए।

    क्षेत्रीय कार्यसमितिको पुर्ण विवरण निम्न छन।
     अध्यक्ष :-मिङ्मा योल्मु,
    महासचिव :-ज्ञानु बराइली
    सचीव :-मिङ्मा लामा 
    कोष अध्यक्ष :-बुद्धि सुनुवार 
    उपाध्यक्ष :-हर्व तामाङ
    महिला उपाध्यक्ष :ङिङ्मि शेर्पा 
    सदस्यहरुमा :-फुर्वा शेर्पा ,छिरिङ शेर्पा ,दिनेश गजमेर,बलराम मगर ,आवाश लावती ,सुरेश मगर,बि.बि.बम्जन ,मन राई ,जीवन गुरुङ ,बुद्धि सुब्बा लगायतको रहेका छ्न ।

    बि.बि.बम्जनले संचालन गरेको उक्त च्यारिटी सो  कार्यक्रममा रेस चलचित्रका निर्देशक किशोर सुब्बा ,नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासचिव भिम बानु किराती,समाजसेवी रमेश पौडेल ,जन सम्पर्क मञ्चका सह-सचीव डिबि खत्री ,प्रवासि मञ्च इपो इन्चार्ज निमा शेर्पा ,मलेसियाका नेपाली ब्यवसायिहरु ,समाजसेवी,स्थानीय कलाकार,दर्शक लगायतको भब्य उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…