• बिर्तामोड, चैत २४।  वीरता जेसीजका पूर्व अध्यक्षहरुद्वारा सञ्चालन हुँदै आएको ‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम’ झापावासीको साझा र उत्कृष्ट कार्यक्रम भएको आइतवार बिर्तामोडमा आयोजित छलफलका सहभागीले बताएका छन् ।
    कार्यक्रममा सहभागी झापाका विभिन्न जेसीज शाखाका अध्यक्षहरुले वीरता जेसीज र पूर्वअध्यक्षहरुको अगुवाईमा हरेक बर्ष हुँदै आएको उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सबैको साझा भएको बताउँदै यसलाई अझ उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । उत्कृष्ट नागरिक सम्मान समारोह २०७४का संयोजक तथा वीरता जेसीजका पूर्वअध्यक्ष प्रमेश राजकर्णिकारको अध्यक्षतामा भएको छलफलमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र पूर्वअध्यक्ष राजकुमार पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 
    जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता जेसीजले फरक ढंगले उत्कृष्ट नागरिकको चयन गरी ०५२ सालबाट सम्मान गर्दै आएको बस्नेत र पोखरेलले बताए । यस बर्ष उत्कृष्ट नागरिक सम्मानका लागि ‘आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरण’ विधा चयन गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त विधा अन्तर्गत रहेर जिल्लामा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई उत्कृष्ट नागरिकलाई घोषणा गरी स्वर्ण पदक, सम्मान–पत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ । उक्त सम्मानप्रति जिल्लाका सय बढी संस्थाले ऐक्यबद्धता जनाउनुका साथै ‘उत्कृष्ट नागरिक’ लाई विशेष सवारी साधनमा झाँकीसहित नगर परिक्रमा गराएर घरसम्म पु¥याउने परम्परा छ । छलफलमा सहभागीले कार्यक्रम आकर्षक र सबै झापावासीले सहभागी भएर हेर्न लायकको कार्यक्रम हुने समेत बताए । 
    वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, बुधवारे जेसीजका अध्यक्ष प्रकाश भण्डारी, चारआली जेसीजका अध्यक्ष रोहित दाहाल, बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन मोते लगायतले कार्यक्रमलाई साझा र उत्कृष्ट बनाउन आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका अध्यक्ष एकराज गिरीले गरेका थिए । उत्कृष्ट नागरिक सम्मान समारोह–२०७४ आगामी बैशाख ४ गते दिनको १ बजे बिर्तामोडको अतिथि सदनमा गर्ने तयारी गरिएको छ । उत्कृष्ट नागरिक छनौटका लागि अग्रज सञ्चारकर्मी लक्ष्मण ढकालको संयोजकत्वमा छनौट समिति बनाइएको छ । समितिको सदस्यहरुमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल रहेका छन् । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…