• २०७४ चैत्र २६ सोमबार

     काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ । नाम भने लर्ड बुर्द्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।

    नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोट्र्स भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने धुर्मुसले बताए ।

    भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुनेछ,’ उनले भने, ‘साथै आउटडोर खेलहरु पनि समेट्नेछौं । मैदानको उपलब्धताका आधारमा सम्भवतः फुटबल ग्राउन्ड पनि हुनेछ ।’

    क्रिकेटका साथसाथै सबै विधाका खेलकुदलाई सुविधायुक्त रंगशालाको दुख भएकाले यो निर्णय लिइएको धुर्मुस बताउँछन् ।

    ‘सुरुमा क्रिकेट रंगशालाको मात्रै सोच बनाएका थियौं, तर बहुउपयोगी बनाउन सके अरु खेलहरुमा पनि योगदान पुग्न सक्ने भनेर हाम्रो टिममा छलफल भयो,’ उनले भने । बाहिरबाट पनि धेरैले उनलाई बहुउपयोगी रंगशाला निर्माणको लागि सुझाव दिएका थिए ।

    धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वषर्ा भइरहने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने उनलाई धेरैले सुझाव दिएका छन् ।

     धुर्मुसको रंगशाला निर्माण अभियानमा क्रिकेट मात्र नभएर अन्य विधाका खेलाडीहरुलाई पनि आकर्षित गरिरहेको छ । पछिल्लो पटक फुटबलर अनिल गुरुङ र तेक्वान्दो खेलाडी दिपक विष्ट उनको अभियानमा जोडिएका छन् ।

    दुवैले धुर्मुसलाई भेटेर रंगशाला निर्माणमा आफूहरुको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

    धुर्मुसले आफूहरुको अभियानमा जिम्मेवार र विज्ञ व्यक्तिहरु जोडिदै र टिम ठूलो हुँदै गएकाले हौसला बढेको बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…