• काठमाडौं । गहुँगोरोवर्ण, मंगोलेन मुहार, हल्का विकासे दाह्री जुगाँ । झट्टा हेर्दा फिल्मको हिरो नदेखिने शाररिक बनावट । अभिनेता वुद्धि तामाङको चिनिने समान्य रुप हो, यो । शारीरिक बनावाट हेर्दा खासै हिरो नदेखिए पनि उनको अभिनयले फ्यान कम छैनन् । नेपाली चलचित्र क्षेत्रमा राम्रै जमि रहेका छन् बुद्धि । चलचित्रमा होस् वा नाटक उनको दोहोरा रुपमा प्रस्तुत हुन्छन् । उनले अभिनय गरेका चर्चा नपाएको सायदै फिल्म छन् । छोटो सयममा आफुलाई अभिनयमा अब्बल स्थापित गर्न सफल भएका छन् । कलाकारको रुपमा चिन्छन् । छोटो आफ्नो फिल्मको यात्रामा अन्य कलाकार भन्दा अलक छन् ।  अभिनय पहलमान रुपमा आफ्नो छवि बनाउन सफल छन्, उनी । बहुआाियकि व्यक्तित्वका उनी आफलाई जीवन भोगाई भएको व्यक्तिगत रुपमा आफै पनि स्वीकार्छन् । कहिले नाटकमा कहिले सिनेमामा उनको आफ्नै चरित्रमा रमाइरहेका हुन्छन् । साथै दर्शकलाई हसाउन पनि पछि पर्दैनन् । 

     

    सानै उमेर देखि नै अभिनय तिर तानिएका थिए । ‘मलाई अझै सम्झना ताजै छ  कक्षा ६ मा हुदा नै नाटक ‘अन्यायको बदाला’ अभिनय गरेको थिए ।’ उनी भन्छन्, ‘नाटकले गाँउमा खुब चर्चा पयो । म नाटकको पात्रबाट चर्चित भएँ ।’ उनले कक्षा नौ पढ्दा पढ्दै चेलीको वेदन भन्ने नाटक लेखेका थिए । सो नाटक पनि गाँउमा रुचाए ।  ०५६ सालमा एसएलसी पास गरे । सपनाको ठेली बोकेर काठमाडांै छिरेका बुद्धिले काठमाडांै उनले सोचे जस्तो पाएनन् । उनले जीवन यापन गर्नको लागि विभिन्न कामहरू गरे । उनी हास्दै भन्छन् काम मैले केहि बाँकी राखिन । पत्रिका बेच्ने देखि व्यावसाय सम्म गरे । सफलता पाएनँ । वास्तवममा म उल्टो रहेछु ।’ प्रसुनम थिएटरमा अनुप बराल निर्देशित नाटक ‘मलामी’बाट स्टेज नाटक गरे । उनले यसअघि आधा दर्जन भन्दा बढी सडक नाटक गरिसकेका थिए । काम प्रतिको लगाव अनि इच्छा शक्तिले उनलाई निखार्दै लगे । उनी भन्छन्, म नाटकमा आउनु भन्दा पहिले पनि निकै व्यस्त हुन्थे । नाटकमा आए पछि झन एकछिन् खाली हुदिन थिए ।’

     

    एक सयम नाटक धेरै काम भ्याए । नेपालको थिएटरमा लाइट फिटिङको लागि उनका माग हुन्थ्यो । लाइटमा उनी पोख्त थिए । हाउस वरिङमा कसैले भ्याउदैनन् थिए उनलाई । नाटकमा उनले १० जनाले गर्ने काम एक्लैले भ्याइदिन्थे । नाटक हरेक कुरामा उनको दख्खल थियो । मैले काम गरेका देख्दा सबै जना छक्क पर्थे । त्यहि कामले नै मलाई या छु मान्छे मेहनत गर्न छाड्नु हुन्न् उनी भन्छन्, जुन बाटोमा लागेको मोड्नु हुदैन् त्यसैले सफलता हासिल गर्न सकिन्छ ।’ काम गर्दै अभिनय यात्रामा उनलाई आर्थिक संकट नपरेको होइन् । तर अनेकन उपाय लाउदै आर्थिक उपार्जन गरे । अभिनय बाट कहिल्यै  भाग्न सकेनन् । उनी भन्छन्, कहिले कहि दिक्कलाग्थ्यो पैसा त्यति नहुने । तर म कतै जाना सकिन् मैले रोजेको पेशा भएर  यसमा रमाउनु पर्छ भन्ने सोच गरे ।’ नाटकमा अन्य काम गर्दा गर्दै  अभिनयमा पनि गर्ने आटले आए । ‘कस्तो चाहि हुदो रहेछ त गरौ नत भनेर अभिनय पनि गरियो त्यहि मायाले आज यहा सम्म छु ।’

     

    नाटकमा राम्रो छाप बनाउदै थिए । रेड मन्सुन, साँघुरो र बादशाला जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । तर चलचित्रमा टर्न चाहि रामबाबु निर्देशित फिल्म कबड्डीबाट भयो । उनी भन्छन्,फिल्म पुरै अभिनय गर्ने भनेर भनेर लागेको हो । कब्बडी बाट उनी राम्रो जमे । उनको अभिनयलाई चौतर्फी प्रशंसा गरे । हैट थेगोले भाइरल नै भयो । अझै पनि उनको नाम पछि ‘हैट’ परिचय आउछ । नेपाली चलचित्र उद्योगमा राम्रै अभिनेताको रुपमा परिचित भएका छन् । कब्बडी देखि पछि फर्किएर हेर्न परेको छैन् । उनी भन्छन् ‘ भाग्वशं मैले अभिनय गरेको फिल्म आर्थिक रुपमा राम्रै भएको छ र काम गरे अनुरुप राम्रै जस पाएको छ ।’उनले तिन दर्जन भन्दा बढी चलिचित्रमा अभिनय गरिसकेका छन् । जसमध्ये दुई दर्जन भन्दा बढी प्रर्दशनमा आउन बाँकी नै छ । दर्जन बढी चलचित्रले राम्रै छवि कायम गरे । आर्थिक रुपमा राम्रै कामइ गरेका चलचित्र मध्ये उनी अभिनित चलचित्र छन् । उनका कब्बडी, कब्बडी कब्बडी, छक्का पञ्जा, छक्का, दुई रुपैया,  पञ्जा २, लगायतका दर्जन चलचित्र हिट छन् ।  

     

    भाग्य वश १८ रिलिज भएको फिल्म चाहि चललेको छ । कुनै कुनैबाट पनि मैले छोएको फिल्म चलेको छ । मैले के दिए भन्दा पनि काम दिए जस्तो लाग्छ । काम गर्दा जहिले पनि खुलेर काम गर्छु । काम सकेसम्म दिन्छु । उनको नृत्यले पछिल्लो समय निकै चर्चा पाइइरहेका छन् । अनेक किस्साहरू हुन्थे । उनी अभिनित चलचित्र दुई रुपैया बाट निकै चर्चा बटुले कुटुमाकुटु बाट । उनी भन्छन्, मलाई खासै नृत्य गर्न आउदैन थियो । तर नसोच भयो ।’ उनलाई पछिल्लो समय भ्याइ नभ्याइ छ । उनी भन्छन् व्यस्त केलाई भन्ने अभिनयमा आउनु भन्दा पहिले पनि व्यस्तै थिए ।’ उनी आफुलाई अझै पनि आफुलाई सफल भएको सोचेका छैनन् । अझै अभिनयलाई निखार्दै लैजाने बताउछन् । उनी भन्छन्, म कलाकार हुँ बाच्चुन्जेल अभिनय भन्दा अरु सोचेको छैन् । 

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…