• झापा, भदौ ३१ । मोफोसलमा रहेको फुटवल क्लव रमपम झापा ११ ले ‘ए डिभिजन’ क्लबको मान्यता पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको बैठकले रमपम झापा ११ लाई ए डिभिजनको मान्यता प्रदान गरेको हो ।  छोटो समयमा उत्कृष्ट प्रर्दशन गर्दै झापा ११ ले ए डिभिजनको मान्यता पाएको हो । झापा ११ सँगै मोफसलका अन्य तीन वटा क्लबले पनि ए डिभिजनको मान्यता पाएका छन् । मोरङ, रुपन्देही र सुदूरपश्चिम फुटबल क्लबले पनि ए डिभिजनको मान्यता पाएका हुन् । योसँगै ए डिभिजनको मान्यता पाउने क्लब संख्या १६ पुगेको छ ।

     यसअघि उपत्यकाका ‘ए’ डिभिजन क्लबमा थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब ले मात्र ए डिभिजनको मान्यता पाएका थिए ।

    एन्फाले ए डिभिजनको लिग पनि होम एण्ड अवे पद्धतिमा खेल्ने निर्णय गरेको छ । एन्फाले मंसीरको दोस्रो साताबाट लिग आयोजना गर्ने समेत निर्णय गरिसकेको छ । झापा ११ले ए डिभिजनको मान्यता पाएसँगै झापाका खेलप्रेमी उत्साहित बनेका छन् । रमपम झापा ११का अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले झापा ११ ले ए डिभिजनको मान्यता पाउनु भनेको खेल क्षेत्रमा झापाले नयाँ इतिहास रचे सरह हो भन्नुभयो । उहाँले ए डिभिजनको मान्यता पाउने श्रेय आफूमा मात्र नभई आम झापावासी र खेलप्रेमीको त्यत्तिकै माया र स्नेह छ भन्नुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…