• देबु बानियाँ 
    दाङ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले देशभरका युवाहरूलाई सकारात्मक सोचको विकाश गर्न नेपाल जेसीजको राष्ट्रिय जनजागरण अभियान थाल्ने बताउनु भएको छ । एरिया ‘डी’ का शाखाहरुको भ्रमणको क्रममा मंगलवार तुलसीपुर जेसीजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष बस्यालले देशका आम युवाहरुलाई सकारात्मक सोचको विकास गराउँदै जेसीज अभियानमा लाग्न पे्ररित गर्ने बताउनु भएको हो । 


    होटल होस्टेन प्यालेस हलमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष बस्यालले जेसीजको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकाससँगै युवा नागरिक निर्माण अभियानमा लाग्न आग्रह गर्नु भयो । उहाँले नेपाल जेसीजले वर्ष २०१८ का लागि सुरु गरेको हामी चम्कने अभियानलाई सार्थक बनाउनका लागि पनि जेसीज युवाहरुको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नु भयो । 


    सोही अवसरमा राष्ट्रिय अध्यक्ष बस्यालले ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ को उद्घाटन गर्नु भएको थियो । तुलसीपुर जेसीजले नगरपालिकाको सहयोगमा सुरु गरेको उक्त अभियानको ८६ हप्ताको अवसरमा बस्याल उक्त क्षेत्रमा पुग्नु भएको हो । तुलसीपुर जेसीजले हरेक मंगलवार तुलसीपुर बजार सरसफाइ गर्दै आएको छ । 
    कार्यक्रम उद्घाटन हुनु अघि तुलसीपुर जेसीजका पदाधिकारीहरुले राष्ट्रिय अध्यक्ष बस्याललाई स्कटिङ गरेर कार्यक्रम स्थलसम्म पुर्याएका थिए । 
    शाखा अध्यक्ष दिपेश भण्डारीको सभापतित्व तथा राष्ट्रिय अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सूर्यप्रसाद शर्मा, निवर्तमान अध्यक्ष विमलकुमार पौडेललगायतको सहभागिता रहेको थियो ।      
       यसैगरी आजै रिपोर्टस क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले नेपाल जेसीजको वर्ष २०१८ का विभिन्न विषयका बारेमा जानुकारी गराउनु भएको थियो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    सुर्खेत लेडी जेसीज वीरेन्द्रनगर सुर्खेतले पनि अध्यक्ष बस्याललाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । शाखा भ्रमणको क्रममा सुर्खेत पुग्नु भएका बस्याललाई यहाँ आयोजित एक कार्यक्रमकाीबच स्वागत तथा सम्मान गरिएको थियो । साथै सोही अवसरमा लेडी जेसीजले अन्तरक्रिया समेत गरेको थियो । जसमा नेपाल जेसीजमा महलिाहरुलाई नेतृत्व हुने गरी दीर्घकालिन योजना सम्बन्धि छलफल तथा अन्तक्रिया गरिएको जेसीजकी शाखा अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो ।   
    यसैगरी, त्रिभूवननगर जेसीजले, दाङ, वीरेन्द्रनगर जेसीज, वीरेन्द्रनगर जुनियर जेसीज सुर्खेतले पनि राष्ट्रिय अध्यक्ष बस्याललाई स्वागत तथा सम्मानको कार्यक्रम गरेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…