• झापा । सधैँ समाजमा समर्पित भन्ने नाराका साथ झापाको मेचीनगरमा बुधवारबाट सचेतना समूहको स्थापना भएको छ । 
    सामाजिक कार्य गर्ने उदेश्यले मेचीनगरका युवाहरुका युवाहरुको सहकार्यमा उक्त समूहको स्थापना भएको हो । 


    मेचीनगर ७ मा रहेको एभरेष्ट बोडिङ स्कुलमा आयोजित एक कार्यक्रमकाबीच समिति गठन गरिएको हो । समूहको अध्यक्षमा बालकृष्ण ढुङ्गाना, उपाध्यक्ष विजय भट्टराई, महासचिव राजिप गिरी, सचिव राम मगर, कोषाध्यक्ष कञ्चन बराल र प्रबक्तामा देबु बानियाँ चयन भएका छन् । यसैगरी समूहको सदस्यमा रुपसागर अधिकारी, सञ्जिव थापा, केशव गौतम, चन्दन गौतम, राजु राई र माधव राजवंशी रहेका छन् । साथै समूहको संरक्षकमा विजय डालमिया रहेका छन् । 


    समूहले यस अघि बालकल्याण मावि मेचीनगर ५ कि विद्यार्थी गंगा श्रेष्ठ र बेबारिसे अवस्थामा रहेकी एक भारती महिलाको उपचारका लागि आर्थिक संकलन गर्ने काम गरेको थियो भने मेचीनगर ५ मा गत फागुनमा आगलागी भएका दर्जी परिवारलाई समेत राहत संकलन गर्ने काम गरिसकेको छ । समूहका अध्यक्ष बालकृष्ण ढुङ्गानाले समाजका हरेक गतिविधिसँग नजिक रहेर समस्यालाई समाधान गर्न र सामाजिक काम गर्न समिति निर्माण गरिएको बताए । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…