• अशोज, २ मोरङ

    नेपाली काँग्रेस मोरङका पुर्व सह-सचिव ज्ञानेन्द्र ढकालले मोरङ १ को प्रदेश सभाको लागि उम्मेदवार बन्ने तयारी थालेका छन्।

    पार्टी जिल्ला सभापति डिग बहादुर लिम्बु संघिय सासंदको उम्मेदवार बन्ने लगभग निश्चित रहेकाले उनले प्रदेश सभाको लागि मोरङ १ को पश्चिमी क्षेत्रबाट तयारी थालेका हुन् ।

    प्रदेश सभाका लागि लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको १,४ र ५ वडा रहेको एक क्षेत्र बनेको छ । ढकाल कुनै समयका चर्चित बिद्यार्थी नेता हुन ।

    दुई कार्यकाल नेविसंघ मोरङको सभापति भएर काम गरिसकेका उनी काँग्रेसको तर्फबाट तत्कालिन जिल्ला विकास समिति प्रतिनिधी भएर पनि काम गरिसकेका त्यस क्षेत्रका लोकप्रीय नेता हुन। त्यस क्षेत्रका जनता औषधीउपचार देखी बिकास निर्माणको सरोकारमा ढकालसंग ठोक्किन्छन ।

    उनी रातदिन नभनी अप्ठेरोमा परेका जनताको सेवामा हाजिर हुन्छन् । भर्खरै सम्पन्न स्थानिय निकाय निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउन उनले अहम भुमिका निर्वाह गरे । यस क्षेत्रका दुवै स्थानिय निकाय लामो समयदेखीको कम्युनिष्ट किल्ला भत्काउँदै काँग्रेसले जितेको छ ।

    जिल्ला अध्यक्ष लिम्बु पनि प्रदेश सभामा लोकप्रीय उम्मेदवार दिन सके आफ्नो लागि पनि निर्वाचन जित्न सहज हुने मनस्थितिमा छन् । त्यस क्षेत्रका अर्का लोकप्रीय नेता शंकर राई लेटाङ नगरपालिकाको मेयर बनेसंगै ढकालको प्रदेश सभामा सासंदको उम्मेदवार बन्ने बलियो सम्भावना छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …