• नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल यतिबेला पश्चिम जिल्लाका शाखाहरुको एक साताको भ्रमणमा हुनुहुन्छ । युवा जनजागरण अभियानको माध्यमबाट आम युवाहरुलाई जेसीजप्रति आकर्षित गराउँदै सबै शाखाहरुलाई क्रियाशील र गतिशिल बनाउनले लक्ष्यका साथ देशव्यापी रुपमा निस्कनु भएको हो । भ्रमणको क्रममा बिहिवार डोटीको साफेबगर पुग्नु भएका बस्यालसँग रातोकलमका लागि देबु बानियाँसँग गरिएको कुराकानी प्रस्तुत छ ।  

    अहिले देश दौडाहमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ? 
    –एकदमै उत्साहित छु । किनभने सबै भन्दा धेरै शाखाहरु रहेको क्षेत्रको एरिया डि को भ्रमण गर्ने अवसर पाएको छु । र यहाँको विषयमा जानकारी लिने अवसर पाएको छु । त्यैले पनि एकदमै उत्साहित र राम्रो भ्रमण भएको महसुस गरेको छु । 

    तपाईको यो शाखा भ्रमण पश्चिमतर्फ मात्र हो कि अन्य शाखाहरुमा पनि हुन्छ ? 
      –अवश्य पनि पहिलो चरणमा म पश्चिमतर्फ लागेको हुँ । मेरो उदेश्य भनेको नै सबै शाखाहरुलाई क्रियाशील बनाएर आम युवाहरुलाई जेसीजका माध्यमबाट उद्ययमशिलता बनाउने रहेको छ । यसले गर्दा वर्ष २०१८ भित्रमा सबै एरियाका सबै शाखाहरुको भ्रमण गर्ने र जेसीज मनहरुसँग भलाकुसारी गर्ने र सबै शाखामा पुग्ने लक्ष्य हो । 

    धेरै मान्छेलाई अझै जेसीजको बारेमा जानकारी छैन । के हो जेसीज ? बुझ्ने भाषामा परिभाषित गराइदिनु हुन्छ कि ? 
      –जेसीज भनेको समग्र रुपमा युवाहरुको अग्रनाइजेशन हो । जसले एउटा युवाहरुको क्षमता अभिवृद्धि, नेतृत्व, व्यक्तित्व विकास र उद्यमशिलताको विकास गर्दै समाजमा सक्रिय नागरिकको रुपमा स्थापित गर्नका निम्ति एउटा प्लेटफर्म तयार गर्ने संस्था हो । 

    तपाईको कार्यकाल वर्ष २०१८ लाई कस्तो योजना तयार गर्नु भएको छ ? 
      –बढो राम्रो र गम्भिर प्रश्न गर्नु भएको छ ।  नेपाल जेसीज भनेको नै नेपालका १ सय ४२ शाखाहरु हो । जबसम्म स्थानीय १ सय ४२ शाखाहरु सक्रिय हुँदैनन् । तबसम्म नेपाल जेसीज एक्टिभ हुन सक्दैन । अब हाम्रो सम्पति भनेको नै हाम्रो सदस्य हुन् । त्यसकारण समाज राम्रो हुने भनेको समाजमा रहेका मानिसहरुको व्यवहार र आचरण राम्रो भयो भने समाज राम्रो हुन्छ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष भइरहँदा खेरी जब सम्म नेपाल जेसीजका स्थानीय शाखाहरुको सदस्यहरुको सक्रियता, सहभागिता हुँदैनन् तबसम्म नेपाल जेसीज सुदृढ हुँदैन सक्दैन भन्ने मेरो अभियानमा नेपाल जेसीजसँग सम्बन्धन रहेको स्थानीय शाखारुको संस्थागत विकास र त्यो संस्थाहरुसँग जोडिएका युवाहरुको शसक्तिकरणका लागि मेरो वर्ष केन्द्रीत रहेको छ । 

     युवाहरु जेसीजमा किन लाग्ने ? 
       –युवाहरु जेसीजमा लाग्न जरुरी छ । किनभने तपाई हामीले विषयगत रुपमा स्कुल कलेजमा, युनिभरसिटिमा अध्ययन गछौँ । तर यो समाजमा हामी बसिरहँदा सामाजिक विकासका लागि, समाजिक व्यक्ति बन्नका लागि, समाजमा बस्ने नागरिक भएकाले यो समाजमा आफुलाई कसरी परिष्कृत गर्ने ? आफ्नो क्षमताको विकास कसरी गर्ने ? समाजमा एउटा असल उद्यमी भएर कसरी अगाडी जाने ? समाजमा कसरी आफ्नो रोल प्ले गर्ने भन्ने जानकारी लिन जरुरी छ । किनभने एउटा मान्छे समृद्ध हुने पनि समाजमै हो र समृद्ध भएपछि काम गर्ने पनि समाजमै हो । त्यसकारण यो समाजमा आफु अगाडी बढ्नका लागि र आफ्नो व्यक्त्त्वि पहिचान गराउनका लागि समाजमा काम गर्नै पर्छ । जुन काम जेसीजले गर्छ । 
    जेसीजले युवाहरुलाई अवसर निर्माण गर्छ । अवसर केका लागि निर्माण भन्दा उनीहरुको व्यक्तिगत विकास लागि उनीहरु समाजमा बस्ने भएकाले सामाजिक विकासका लागि र एउटा असल मान्छे बन्नका लागि उद्यमी बन्नै पर्छ । त्यसकारण उनीहरुको उद्यमशील बनाउनका लागि उद्यमशीलताको विकासका लागि जेसीजले अवसर प्रदान गर्छ । जेसीजले व्यवसायिक, व्यक्तिगत, सामाजिक र अन्तरािष्ट्रय क्षेत्रमा अवसर प्रदान गर्नका लागि युवाहरुलाई जेसीजको माध्यमबाट अगाडी बढाइरहेका हुन्छौँ । यहि मोडलबाट युवाहरु उत्साहित हुने, सहभागि हुने, मोटिभेट हुने र एक्सनमा जाने । एक्सन पनि सकारात्मक रुपमा रहेको हुन्छ । 

    जेसीजलाई लाग्ने एउटा आरोप छ नि । जेसीज चाँहि धनीहरुको संस्था हो गरिबहरु यसमा लाग्न सक्दैनन् भन्छन् नि । यसलाई कसरी प्रस्याउनु हुन्छ ? 
       –यसमा प्रस्ट्याउनु पर्ने कुनै जरुरी नै छैन । जेसीजमा आउने भनेको समृद्ध बन्नका लागि हो । म धनी बन्छु, धनी बन्नका लागि त्यसमा आधारभूत क्षमताहरुको विकास हुनु पर्छ । हामी व्यक्तिगत विकासको कुरा गछौँ । जब मसँग क्षमता हुन्छ अनि म केही गर्छु अनि मेरो व्यवसायिक र उद्यमशीतामा अगाडी जान्छु । त्यसकारण हामी नितान्त रुपमा व्यक्तिगत क्षमताको कुरा किन गछौँ ? जबसम्म हामी व्यक्तिगत क्षमताको विकास हुँदैन, तब मान्छेको नेतृत्व विकास हुँदैन । उसको नेतृत्व विकास हुनेवाला छैन, व्यक्तित्व विकास हुने छैन, उसको उद्यमशीलताको विकास हुनेवाला छैन । त्यसकारण धनी मान्छे जेसीजमा आउने होइन । धनी बन्नका लागि, उद्यमी बन्नका लागि, क्षमता विकास गर्नका लागि जेसीजमा आउने हो । यो एउटा खुल्ला विश्वविद्यालय हो । विश्वविद्यालयमा आइसकेपछि आफ्नो केही लगानी हुनु पर्छ । मान्छेले आफ्नो भोको भेट भर्नका लागि पनि काम गर्नु पर्छ, लगानी गर्नु पर्छ । यसकारण एउटा असल र सक्षम मान्छे बन्नका लागि साधारणतया वर्षको एकहजार रुपैयाँ नविकरण शुल्क तिर्ने हो ।
    यो अरु कसैका लागि होइन, आफ्नो लागि हो  । त्यसकारण यो धनीहरुको संस्था होइन । धनी बन्ने इच्छा राख्ने युवाहरुको लागि धनी बनाउने संस्था हो । 

    जेसीजलाई सबैको घर घर, अनि टोल टोलमा पुर्याउनका लागि के अभियान सञ्चालन गर्नु भएको छ ?
       –यो वर्ष चाँहि मैले युवा जनजागरण अभियानको माध्यमबाट जेसीजमा रहेका १४ हजार युवा र समाजमा रहेका अन्य युवाहरुलाई जोडेर जेसीजलाई कसरी अगाडी बढाउन सकिन्छ ? भन्ने कुरालाई मध्यनजर गर्दै हरेक जिल्ला अनि शाखाहरुमा पुग्ने योजना बनाएको छु । जेसीजले लामो यात्राको विश्वशान्तिका निम्ति काम गर्ने हो । विश्वशान्ति स्थापना जतिबेला हुन्छ जब चेतनशिल युवाहरु यो समाजमा हुन्छन् । जब ति सक्रिय नागरिकका रुपमा अनुसाशित र मर्यादित भएर बाँचिरहेका हुन्छन् । त्यसकारण जेसीजले उनीहरुको व्यक्तित्व, नेतृत्व र सामाजिक विकासको पक्षमा रहेर काम गर्दै जेसीजप्रति आर्कषित गराउने हाम्रो मुख्य मिसन हुनेछ । यतिमात्र होइन समाजमा रहेका सबै युवाहरुलाई यो अभियानमा जोड्ने हो । नेपाल जब समृद्ध बन्छ, तब यहाँका सबै नागरिकहरु अनुशासित र सक्रिय रुपमा अघि बढ्छन् । त्यसकारणले हामी १४ हजार युवाहरु मात्र होइन हामी सबै १४ हजार युवाहरुको माध्यमबाट यो समाजमा रहेका सबै युवाहरुलाई जोड्नु पर्छ । अनि मात्र हाम्रो देश आर्थिक रुपमा समृद्धिको रुपमा अघि बढ्छ । स्थायी शान्तिका रुपमा अघि बढ्छ । यसैले वर्ष २०१८ लाई युवा जनजागरण अभियानका माध्यमबाट म मेची देखि महाकालीसम्म अभियान सञ्चालन गर्छु । जसले जेसीजको माध्यबाट यो समाजमा रहेका युवाहरुलाई जो जेसीजमा संलग्न हुुनुहुन्न । उहाँहरुलाई हाम्रो यो अभियानमा जोडेर असल र समृद्ध देश निर्माणको अभियानमा छौँ ।  

    आर्थिक समृद्धिका लागि युवाहरुले कस्तो भूमिका खेल्न आवश्यक छ यतिबेला ? 
        –हेर्नुहोस् मैले यो वर्षको राष्ट्रिय आफ्नो प्रकरणमा पनि भनेको छु । yes we shine. we are not saying only I shine and u shine . we are saying we shine. मसँग सँगै मेरो परिवार र समाज पनि चम्कनु पर्छ । क्षमताको हिसावले समृद्धिको हिसावले र जिम्मेवारीका हिसावले ।  अब म चम्कने मेरो समाज चम्कने र परिवार चम्कने । हरेक दृष्टिकोणबाट चम्कनका निम्ति आजको आवश्कता भनेको 
    हाम्रो जिम्मेवारी हो । अहिलेको परिस्थितिमा व्यक्तिगत, पारिवारिक र राष्ट्रिय नागरिकको हिसावले हामीले आफ्नो गहनत्म जिम्मेवारी उदाउँदो ढङ्गाबाट प्रस्तुत गर्नु पर्छ र यो अभियान र मेरो वर्ष २०१८ को प्रकरण पनि हो । yes we shine . but how ? by rising our responsibility .
         अहिलेको टट्कारो आवश्यकता भनेको आर्थिक समृद्धिको बाटोमा अगाडी जानका लागि हरेक युवाहरु देशको समृद्धिको बाटोमा आफ्नो जिम्मेवारी सहि ढंगबाट अगाडी बढ्नु पर्छ, निर्वाह गर्नु पर्छ । मेरो भनेर मात्र हुनेवाला छैन । अब मेरो अनि मेरो परिवार र मेरो समाज अर्थात हाम्रो समाज । जब हामीले हाम्रो समाजमा जान्छौँ । अर्थात समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गछौँ तब देश आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्छ । त्यसैले वर्ष २०१८ को प्रकरण yes we shine .  by rising our responsibility .

    अब जेसीजमा एक वर्ष एक व्यक्ति एक कार्यकाल हुन्छ । अब आगामी वर्षहरुमा तपाईले परिकल्पना गरेको जेसीज हुन्छ कि त्यो अर्कै रुपमा सञ्चालन हुन्छ ? 
       –हैन हैन परिकल्पना हैन । हाम्रो एउटै मूलमन्त्र छ । हामी हाम्रो मिसन र भिजनलाई खाली एउटा स्प्रीट र एउटा सहमतिका रुपमा अघि बढ्छौँ । हिजो एउटा आवश्यकता थियो एउटा प्रकरण अनुसार चल्यौँ । आज देशमा के आवश्यकता छ । त्यस अनुसार चल्ने हो । यहि नै हो जेसीज । समय अनुसार चल्न सक्नु नै जेसीज हो । आज यो देशमा हामी चम्कनै पर्छ  । आर्थिक समृद्धिको बाटोमा अघि बढ्नै पर्छ । तर कसरी ? अब आजको आवश्यकता भनेको आफ्नो जिम्मेवारीका साथ आफुलाई समाजमा परिस्कृत गर्ने हो । आज हामी जिम्मेवारी हुन जरुरी छ भन्ने महसुस गरेर मेरो प्रकरण यो हो । अर्काे वर्ष हामीले आफ्नो जिम्मेवारी गहन्ताका निर्वाह गर्यौँ भने समय सापेक्ष हाम्रो समस्या पनि परिर्वतन हुन्छ र जिम्मेवारी पनि परिवर्तन हुन्छ । त्यसकारणले यो अभियानको निरन्तरताका लागि जेसीस सधैँ अघि बढिरहन्छ । किनभने समस्या समुदायमा सधैँ एकैनासले हुँदैन । सँधै स्थिर हुँदैन । समस्या पनि परिवर्तनशील हुन्छ । र हाम्रो जिम्मेवारी पनि परिर्वनशील हुन्छ । आजको आवश्यकताका भनेका आफ्नो जिम्मेवारी गहन्ताका साथ बहन गर्ने हो । 

    तपाईको कार्यकालमा जेसीज मनहरुले सम्झनै पर्ने लायकका त्यस्ता के काम गर्दै हुनुहुन्छ ? जुन जति वर्ष बिते पनि श्रीधर बस्याललाई सम्झिरहन सकिन्छ । 
       –हेर्नुहोस् म एउटै कुरा भन्छु । जेसीज एउटा भावनाले, एउटा आस्था र सिद्धान्तले चलेको छ । मैले यो २०१८ मा मेरो आयोजनाको मिसन, भिजन र आस्थालाई अनुशासन मानेर अगाडी बढेको छु । जब हरेक मेरा क्रियाकलापहरु मेरो अनुशासनसँग जोडिएको हुन्छ । जब मेरा हरेक अभिव्यक्तिहरु मेरो संस्थाको उदेश्यसँग लक्षित हुन्छ । जब मेरा हरेक क्रियाकलापहरु मेरो संस्थाको भाइब्रेशनसँग जोडिएको हुन्छ । 
    भनिन्छ ठूलो परिवर्तन गर्न ठूलो काम गर्नु पर्दैन । त्यसकाराण म एउटै सिद्धान्तलाई विश्वास गर्छु । मैले मेरो अग्रनाइजेशनको हरेक अनुशासन र हरेक क्रियाकलापलाई सुक्ष्म रुपमा सञ्चालन गरे भने मेरो एक वर्षको अग्रनाइजेशनको प्रभाव र नतिजा पनि राम्रो आउँछ । त्यसकारण ठूलो सपना देखाएर हुँदैन । हाम्रो संस्था त्यसै राम्रो छ । एक सय वर्ष अगाडी स्थापना भएको यो संस्था राम्रो छ । हाम्रो आस्था एउटै छ । तर, हामी हाम्रो आस्थाको नजिक पुगियौँ कि पुगेनौँ । त्यसकारण मेरो हरेक क्रियाकलाप, गतिविधि, मेरा वचन र वाणीहरु अनि मैले अग्रनाइजेशन गरेका कार्यक्रमहरु मेरो संस्थाको भिजन, मिसन र आस्थाको फ्रेममा रहेर अगाडी बढाउँछु । जसले गर्दा निरन्तर र जीवनन्त मेरो आफ्नो वर्षलाई मेरो जेसीजका साथीहरुले सम्झनु हुनेछ । 
       
    केही भन्नु छ ? छुटेको कुरा ? 
      –अन्त्यमा एउटै कुरा भन्छु । हेर्नुहोस्, तपाईहरु आफ्नो व्यक्तिगत अथवा पारिवारिक उदेश्य प्राप्ति गर्दै गर्दा म यो परिवारको मात्र होइन । म मेरो समाज अनि यो राष्ट्रको पनि हो भन्ने सम्झनु पर्छ । आफ्नो व्यक्तिगत र पारिवारिक लक्ष्य प्राप्ति गर्दै जाँदा समाजमा एउटा सक्रिय नागरिकको भूमिका निर्वाह गर्नुपर्छ । मलाई मेरो आमा बुबाले मात्र मन पराउने होइन, मेरो श्रीमतीले मात्र मन पराउने होइन । यो समुदाय र राष्ट्रले मन पराउने मान्छे हुनु पर्छ भनेर यो समाजका लागि पनि केही गर्नुहोस् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…