• काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् रघुवीर महासेठ । धनुषा ४ बाट तत्कालीन खानेपानी मन्त्री महेन्द्र यादवलाई हराईदिएका थिए उनले ।

    महासेठले २२ हजार ५ सय ३२ मत ल्याउँदा यादवले १९ हजार ९ सय ९१ मत प्राप्त ल्याएका थिए । उनी अहिले धनुषा ४ को सांसद मात्रै होइनन् । शक्तिशाली भनिएको सरकारको वहालवाला मन्त्री हुन् ।

    तीन चौथाईको समर्थन पाएको वाम सरकारका मन्त्री हुन् उनी । अधिक बहुमतमा रहेको सरकारले सुशासन र समृद्धिको मुद्दा चर्को रुपमा उठाएको छ । मन्त्री महासेठले नै कयौँ पटक सार्वजनिक रुपमै बोलेका छन्, सुशासनबारे ।

    तर, उनैले सुशासनको नमुना देखाईदिए, यातायात व्यवस्था कार्यालयका कर्मचारी  । जुली महतो हुन्, मन्त्री महासेठकी धर्मपत्नी । उनी पनि समानुपातिक सांसद ।

    एमालेको मनोनित बैकल्पिक केन्द्रीय सदस्य पनि हुन्, उनी । तर, उनले कर्मचारीलाई तह लगाउन आफ्नो पावरले नभ्याएर मन्त्रीकै पावर लगाईदिन् ।

    मन्त्री महासेठ निर्वाचित भएकै क्षेत्रमा हो यातायात व्यवस्था कार्यालय । त्यही कार्यालयमा कार्यरत नायब सुब्बा पोषण बहादुर थापालाई विभागमा तान्न पनि मन्त्रीले आदेश दिएको भन्छ, स्रोत ।

    आफ्नो भनसुन् नलागेपछि जुलीले मन्त्रीकै शक्ति प्रयोग गरेको भनिएको छ ।

    नासुको सुरुवा गराउन मन्त्रीले आदेश दिनु पर्छ र त्यो पनि काज ? पीडित पक्षधरलाई सोधियो ? जवाफ ‘हो मन्त्रीकै आदेशमा हो’ भन्ने आयो । कारण के हो त ?, स्रोतले भनेको छ, ‘कारण केही पनि होईन ।

    आफ्ना कार्यकर्ताको सवारीचालक अनुमतिपत्र लाईसेन्स नबनाईदिएको झोंक हो’ थापालाई नजिकबाट चिन्नेहरुका अनुसार यातायात व्यवसायीविरुद्ध खहिले आक्रामक रुपमा उत्रिएका विभागकै महानिर्देशक रुपनारायण भट्टराईले समेत तारिफ गर्थे, नासु थापाको ।

    थापाले विराएका केही थिएनन् भन्छन्, कार्यालयका कर्मचारी ।

    ट्रायलमा पास  नभएकाहरुलाई लाईसेन्स दिलाउन अनेक थरी गर्ने विचौलियालाई भने उनले देखि सहँदैन थिए । नाम लियो कि सिरिङ्गो तातिन्थ्यो उनको । पछिल्लो समय विचौलिया प्रवेश निषेध गरेका थिए, उनले ।

    अनि त्यति मात्र होईन ट्रायल सेन्टर निर्माण गरिदिए ।

    ट्रायल सेन्टरमा र कार्यालयमा घुसपैठमा निगरानी होस् तथा विचौलिया पहिचान गर्न सकियोस् भनेर उनले सीसीटीभी जडान गर्दै थिए । यो देखेर जलेका विचौलियाले मन्त्री पत्नी एवं सांसदलाई चुक्लि लगाए ।

    मन्त्री पत्नीले मन्त्रीलाई भनेर कडाई गर्ने कर्मचारीलाई नै हुत्याउन लगाईन् ।

    ६ फिट अग्लो र एक क्वीन्टल बराबरको तौल भएका नासु थापा निडर थिए ।

    नलाई देख्नेवित्तिकै आधाउदी त त्यसै साईड लाग्थे, स्रोत भन्छ, ‘विचौलियासँग नडराउने थापाले सांसदले दिएको दबाबलाई समेत वास्ता गर्दैन थिए ।’ त्यसैले त उनलाई काज सरुवा गर्न मन्त्रीकै आदेश आयो भनिएको छ ।  

    यो कुरा सुनेर नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल छि छि के हर्कत गरेका होलान् भने । उनले अगाडि भने, ‘मुलुकको आर्थिक समृद्धिमा लाग्नु पर्नेमा प्रजातन्त्र कमजोर पार्न उहाँहरु एउटा खरिदार, सुब्बाको पछाडि लाग्नु भएछ । मन्त्रीको आदेशमा केन्द्रमा तानियो भन्ने सुनेपछि म पनि अचम्म परे ।’

    यदि यो कुरा सत्य हो र, उहाँहरु प्रजातान्त्रिक धारका कर्मचारी लक्षित प्रहार गरेर प्राजातन्त्र मास्नतिर लाग्नु भएको भने युनियन यसको डडेर सामना गर्छ भने ।

    सुधारका धेरै काम गरेको एउटा कर्मचारीलाई चलाउनुको पछाडि केही न केही कारण होला, हामी त्यसको सत्य तथ्य बुझ्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ, उनले भनेका छन् ।

    यो कुरा सोझै मन्त्री महासेठलाई सोधियो ? उनले भने, ‘मलाई थाहा छैन ।

    पहिलो पटक तपाईको मुखबाट सुन्दै छु ।

    यहाँ जे पनि हुन्छ ।’

    किन तानियो भन्ने कुरा जान्न चाहनुहुन्छ भने, विभागको डीजीलाई सोध्दा हुन्छ, मन्त्री महासेठले जवाफ दिए ।

    मन्त्रीले नासुको सरुवा गराउने भनेपछि, यो त तपाईको नाक काटियो नि मन्त्री ज्यू ? यत्ति कुरा गरेपछि, उनले एउटा बाक्य घुमाउरो भाषामा भने, ‘जसलाई केन्द्रमा तानियो त्यो मान्छेबारे कसैले कम्पलेन गरेको होला अथवा एउकै मान्छेलाई धेरै समय एउटै ठाउँमा नराख्ने नियम अन्तर्गत पनि परेको हुनसक्छ ।

    ’ जे होस्, यो विषय तपाईबाट थाहा पाए, यो विषयमा म तत्काल जानकारी लिन्छु, कुरा के हो बुझ्छु ।

    अरु कुरा विभागको डीजीलाई सोध्नुस् ।

    मन्त्रीले यत्ति भनेपछि विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सम्पर्क गरियो ।

    उनले फोन उठाएनन् । हत्तपत्त उनको फोन उठ्दैन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…