• सिन्धुपाल्चोक : मेलम्चीको खानेपानी काठमाडौं पुर्‍याउने लक्ष्य अन्तिम चरणमा पुगेको खानेपानी बिना मगरले बताएकी छन्। मेलम्ची खानेपानीको २६ किलोमिटर सुरुङको अन्तिम ब्रेकथ्रुपछि आयोजित कार्यक्रममा मन्त्री मगरले बाँकी कामलाई तीव्र गतीमा निरन्तरता दिन पनि निर्देशन दिएकी छन्। 

    मन्त्री मगरले सिन्धुपाल्चोकका जनताले काठमाडौंलाई पानी दिएकामा पनि धन्यवाद दिइन्। उनले राजधानीकाे  खानेपानीकाे स्थायी समस्या समाधानका लागि आफू काम गर्न तयार रहेको पनि बताइन्।  

    ‘हामी राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने अन्तिम चरणमा पुगेका छौँ। काठमाडौंबासीले मेलम्चीको खानेपानी पाउने सुनिश्चितता भएको छ।’ उनले भनिन्, ‘यहाँका समस्या समाधान गर्नक लागि हामीलाई कठिन हुने छैन।

    यहाँका जनतालाई ससम्मान सेवा प्रदान गर्न प्रतिवद्ध छौँ।’ मन्त्री मगरले काठमाडौंका जनताको ‌ओठमा देखिएको मुस्कानमा हाँसो थप्न पनि सिन्धुपाल्चाेकवासीलाई आग्रह गरिन्।

    उनले भनिन्  ‘अहिले काठमाडौंबासीका ओठमा केही मुस्कान देखिएको छ। त्यसमा केही खुसी भर्ने जिम्मा सिन्धुपाल्चोकबासीको हो। हामी जनताका कुनै पनि अधिकार बञ्चित गरिने छैन। पानीको व्यवस्थापनको जिम्मेवारी आयोजनाको छ।’ उनले अबका बाँकी काममा निरन्तरता दिन पनि आग्रह गरिन्।

      ‘मेलम्चीको पानी काठमाडौं लैजाने विषयमा हामी मन्त्रालयलाई एक पाइला पनि रोकिन दिने छैन। यहाँको टिमलाई यहाँ भइरहेकाे कामलाई निरन्तरता दिनुहोला। जनताको मौलिक अधिकारको कुरा गरिरहेका छौँ।

    हामी पानी वितरणको पक्षमा सरकारले जनतालाई अबको पहिलो पहिलो प्राथमिकता स्वच्छ र स्वस्थ पानी कसरी दिन सकिन्छ भन्ने हो।’ उनको भनाइ थियो, ‘मेलम्चीको पानी गुजल हिमालको काखबाट आएको स्वच्छ पानी हो।

    काठमाडौंबासीलाई जुन यो स्वच्छ पानी पिउने अवसर काठमाडौ बासीलाई दिँदै हुनुहुन्छ त्यसका लागि धन्यवाद दिन चाहन्छु।अब तपाइहरूकाे अधिकार सुनिश्चत गर्न काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

    सोही कार्यक्रममा उपस्थित भएका कानुन मन्त्री शेरबहादुर तामाङले काठमाडौंका स्थानीय वासिन्दालाई बधाई दिएका छन् । आफूहरूले चेलीको रुपमा पालेको मेलम्चीलाई अन्माएर काठमाडौं पठाउन थालेको समेत उनले बताए ।

    तामाङ सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन् । सिन्धुपाल्चोकले काठमाडौंका आवश्यकता पूरा गरेकोले सिन्धुपाल्चोकलाई बाइपास गरेर जान नमिल्ने समेत उनले बताए।  ‘

    सिन्धुपाल्चोकका जनताको समस्या समाधान भयो भनेर घोषणा गर्नुपर्छ,’ तामाङले भने, ‘जनताको घर जाने बाटो खनिदिनुपर्छ ।’ साथै उनले राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्ची आयोजना पूरा हुँदै गर्दा आफूहरुलाई खुसी लागेको बताए ।

      सोही कार्यक्रममा उपस्थित भएका एसियाली विकास बैंक (एडिबी)का प्रमुख हुमकीनले एक वर्ष भित्रमा मेलम्चीको सबै काम सकिने बताए । उनले एडिबी नेपाल सरकारसँग निरन्तर काम गर्न तयार रहेको समेत उनले बताए ।

    ‘काठमाडौंमा २४ सै घण्टा पानी पु¥याउन गाह्रो छ,’ उनले भने, ‘त्यसका लागि धेरै लगानी आवश्यक पर्छ र हामी त्यसका लागि तयार छौं।’ मेलम्ची खानेपानी आयोजनाा प्रमुख रामचन्द्र देबकोटाले अब भुईंको ढलान र पलास्टर गर्ने काम बाँकी रहेको बताए ।

    तीनवटा भेन्टिलेटर तथा सुन्दरीजलमा प्रशोधन केन्द्र बनाउने र प्रशोधन केन्द्रदेखि सुुरुङसम्मको काम बाँकी रहेको उनले बताए ।  हेम्मो सिन्धु मेलम्ची उत्थान कार्यक्रम सञ्चान समिति अध्यक्ष उपेद्र तामाङले मेलम्चीको पानी काठमाडौं लैजाँदै गर्दा स्थानीय जनताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…