• विर्तामोड । माता तीथै औँसीको अवसर पारेर वीरता लेडी जेसीजले विहिबार शिवसताक्षी नगरपालिकास्थित माइधारमा रहेको लक्ष्मीनारायण मन्दिरमा आश्रय लिएर बसेका जेष्ठ माताहरुलाई सम्मान र भोजन गराएको छ । 
    मन्दिरमा रहेका २५ जना माताहरुलाई  नगद र विभिन्न खाद्यन्नका परिकारहरु खुवाएर सम्मान गरिएको थियो । 
    जेसीजले विगत तीन बर्ष देखि बर्षेनी माता तीर्थको औँसीको अवसरमा विभिन्न आश्रममा पुगेर माता पितालाई सम्मान गदै आएको छ ।
    कार्यक्रमबारे प्रकाश पार्दै लेडी जेसीजकी संस्थापक पूर्व अध्यक्ष पार्वता खरेल विमलीले जेसीज भनेको नै मानवताको सेवामा समप्र्रित संस्था रहेको बताउनु भयो । 
    शाखा अध्यक्ष नम्रता ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजकमा संगीता चिमरिया र रिमा भट्टराई रहनु भएको थियो ।  कार्यक्रमको प्रमुख अतिथि विर्तामोड नगर उपप्रमुख पवित्रा महतरा प्रसाई रहनु भएको थियो । 


    कार्यक्रममा वडा अध्यक्ष कर्ण बहादुर थापा, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, सुरुंगा जेसीजका अध्यक्ष भीमप्रसाद भट्टराई, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, विर्तामोड नगर सदस्य द्रौपदा गणेश, रौनियार सेवा समिति अध्यक्ष संगीता रौनियार, विर्तामोड लायन्स क्लवका अध्यक्ष ओमकृष्ण विमली, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष स्वामी भागवत आचार्य, जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल र प्रमुख अतिथि प्रसाईले सुस्वास्थ्य, दिर्घ जीवनको शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन महासचिव सरु खनाल र आस्था वाचन जेसी रिमा भट्टराईले गर्नु भएको थियो ।  

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…