• देबु बानियाँ 
    झापा । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिल भेटवाल र मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले आफ्नो आँखा दान गर्ने घोषणा गर्नु भएको छ ।  
    मेचीनगर लेडी जेसीजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँहरुले आफ्नो मृत्यूपछि आँखा दान गर्ने घोषणा गर्नु भएको हो ।  पूर्व राष्ट्रिय अध्यक्ष भेटवालले धुलावारी जेसीजका पूर्व अध्यक्ष छविलाल खतिवडासहितका व्यक्तिहरुलाई साक्षी राखेर आफ्नो आँखा दानको घोषणा गर्नु भएको थियो । कार्यक्रममा मेची नेत्रालय काँकरभिट्टाले आँखा दानका विषयमा जानकारी गराएको थियो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    लेडी जेसीजकी शाखा अध्यक्ष सुनिता पनेरुको सभापतित्व तथा धुलावारी जेसीजका पूर्व अध्यक्ष छविलाल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलावारी जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष पुनित वंशल,  ेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिल भेटवाल र मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, मेची नेत्रालयका नवराज प्रधानलगायतले बोल्नु भएको थियो । कार्यक्रममा त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलारी, धुलावरी जेसीजहरु गोपाल बस्नेत, राजु महर्जन, दिपक भण्डारी, कृष्ण कनाललगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रमको सञ्चालन महासचिव तुलसा दंगालले गरेकी थिइन् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…