• ०३ असोज,२०७४

     लेखक लक्ष्मण चौलागाईं (क.विद्रोही)

    इतिहासका विभिन्न कालखण्डमा अधिकार प्राप्तिका लागि मुक्तिका मोर्चाहरु लड्दै महा अभियानमा लागि बलिभेदिमा प्राण आहुती गर्ने महान सहिदहरुलाई सर्वप्रथम क्रान्तिकारी लालसलाम ,रक्तिम अभिवादन बेपत्ता ,घाइते अपाङ्ग र राज्यबाट ओझेल पारिएका राता मान्छेहरुलाई लाख लाख सलाम गर्दै सेतो सिंहदरबारभित्र मोजमस्तिको लडाइ गर्ने बिरुप राज्यव्यवस्था निर्माण गर्न खोज्ने झल्लाहरुलाई सत्बुद्दिको कामना गर्दै आधा नभरिएको नेपालको अपुरो संविधानबारे केही हरफहरु कोर्ने मेरो चाहना ठ्याक्कै आजको यो कालो र बिभेदपूर्ण मितिमा उजागर गर्न चाहन्छु। प्यारो असोज ३, तिमिलाई कसरी सम्बोधन गरौं???? धेरै बेर कलम टोक्न पनि चाहिन,लेख्दै ,मेट्दै र सम्पादन गर्दै म मेरो कलमलाई अल्मल्याउन पनि चाहिन र नरोकिकन एउटा असन्तुष्टि जाहेर गर्न विद्रोही कलमलाई सिंहदरबार र बालुवाटार तिर दृष्टि दौडाउदै ,बेपत्ता-घाइते- अपाङ्ग-महानसहिदहरु र गरिबिले पिल्सिएर अत्याचारले पिधिएका जनताहरुको घरको चुहिन लागेको धुरी हेर्दै मेरा यी हरफहरु कहाँबाट सुरु गरेर कसरी बिट मारौं ??शब्द चयनको शब्दकोश पल्टाउदै तिम्रो संविधानको एउटा पनि दफा नपढी जनतामा देखिएको तिक्तता र क्रान्तिका हिमायतीहरु बिच छाएको असन्तुष्टिलाई आधार पुस्तिकाको रुपमा पढ्दै केही सवालहरु उठान गर्न गैरहेको छु। जतिबेला पनि तिनै १७००० को परिवारको चीत्कार मेरो मुटु भित्र बज्ने गरेको छ भने बाहिय पृष्ठभुमिमा हाल हाम्रो मुलुक विभिन्न पर्वहरुको संघारमा छ ,त्यसैको उकाली बाट ओराली तर्फ झर्दै गरेको मुक्ती गाथाको बिडम्बनालाई उजागर गर्दै महान बलिदानीको खिल्ली उडाउने र महान सहिदको बेवास्ता गर्ने राज्यसत्तालाई आफ्नो निजि कार्यालय र राज्यको ढुकुटीलाई आफ्नो पेवा सम्झिने केही रबैयाहरुको गहिरो खेद ब्यक्त गर्दै मुख्य सवाल तिर लागौं। विगतमा १९०३/१९९७/२००७/ २०१७/२०३६/२०४६/४७/२०५२/२०५८/२०६३ सालहरु नेपालको राज्यसत्ता परिवर्तन र सम्झौताका रुपमा हाजिर भए।यी उल्लिखित मितिहरुले रगत बगाएका,बलिदानीहरु जन्माएका र मुक्तिको गोरेटो खन्दै गरेका त कतै सत्ता क्याप्चर गरेका घटनाक्रमहरु नेपालको इतिहासम छापियो तर जनताको मर्म ,मुक्तिको सपना रातमा बनएर दिनमा बिर्सिनाले आज अपुरो संविधान सबैको मन मुटुबाट लागू हुन सकिरहेको छैन तर संस्थागत गराइयो। जबर्जस्त सस्थागत गरिएको संविधानले भिभिआइपीहरुलाई लाहुरे र नौलो बिहानी ल्याइदियो तर जनता ख्याउटे भएर चाहुरी परेको प्रती नेपाल सरकार मौन रहयो। संसदीय व्यावस्थाले जनताको जनमत पाउन सकेन र असन्तुष्टिको चुनौती जन्माइदियो।अनि फेरि मुलुक धर्मरको स्थितिमा आइपुगेको प्रती हाम्रो राज्य कन्सर्न्ट्रेट हुन सकेन र फेरि मुलुकमा आधिबेहरीको श्रृङ्खला सुरुवात हुन पुग्दैछ ,यो नै अपुरो संविधानको चुनौती हो।दिनभर काम गर्न आएको खेतालालाई साझपख ज्याला दिएर ढाड फुस्किने गरि फिर्ता पटाएको जस्तो संविधानले आक्रामक परिवेशको जन्म गराइदिएको छ।दिनभर सेवा गरेर बसेको मान्छेलाई साझपख छुरी धसेर मारेको जस्तो घात हाम्रो संविधानले गरेको प्रती राज्यव्यवस्था गम्भीर हुन सकेन। संविधान मुलतः समग्र जनतालाई समेटेर लागू हुनुपर्छ,निर्विवाद हुनुपर्छ,त्यो एक महिना अगाएर औपचारिक रूपमा रचेर छापेको रातो पुस्तक मात्रै बन्यो जसले भिभिआइपीको लोकतन्त्रको प्रतिबिम्बित गरेको प्रती राज्यका ठेकेदार र प्रतिगामी साहुहरुलाई फाइदा पुर्याउने प्रकारको भयो सरकार । महान भनिएका ऐतिहासिक योद्दाहरुलाई पुन: समावेश गरेर नेपालमा चीन र उत्तर कोरियाको जस्तो सरकारी संरचना होइन,नेपालको जस्तो सत्ता बनाई भागवन्डाको राजनिती होइन जनताको जनसत्ता स्थापित गर्नुपर्यो। संसदीय पद्धति राजतन्त्र भन्दा भयानक खतरा हुने भयो यसको बिघटन गर्दै राज्यसग बिभक्त भएका महान जनयुद्धका जोधाहाहरु विप्लव ,वैद्य र बाबुरामहरु सहित अन्य पुराना दरवारका नोकरहरुलाई समेत खुसी पार्ने गरि यो विरुप ,षड्यन्त्रको पर्याय संसदीय वयवस्था खारेज गर्दै समृद्दिको लागि तमाम युवा परिचालन गर्दै पहिला देश बनाउने र हिमाल,पहाड र तराइ जोड्ने खालको भरी संविधान बनाउनुपर्यो र जनताको स्थायी सत्ता स्थापना गर्नुपर्यो। अन्यथा, यो अपुरो संविधानले १७००० होइन १७ लाखले बलिभेदिमा चढ्ने दिन टाढा छैन,यसलाई सेतो सिंहदरवार भित्र उपरखुट्टि लगाएर मस्त राज्यको ढुकुटी दोहन गर्नेहरुको विरुद्ध नया खाले आधिबेहरी बन्ने कुरामा बेवास्ता नगरियोस। त्यसले हामी जस्ता कयौं युवाहरुको जिन्दगी त चुंड्ला तर राज्यका दलालहरुको समुल पतन गराउने सत्यलाई ख्यालख्यालमा उडाउने हर्कत यथावत रहयो भने त्यो चुनौती भयानक विद्रोहको रुपमा परिणत हुने कुरामा सिंहदरवारेहरुले झिनो इस्यु भनेर न उडाउन र यो चुनौती पूर्व नै उचित कदम नचाले यो संविधानले उब्जाएका चुनौतिहरु कठिन ,कठिन झन कठिन हुने कुरामा सन्देह मान्नुपर्दैन। चेतना भया ।

    ०३ असोज,२०७४

    लेखक लक्ष्मण चौलागाईं (क.विद्रोही)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …