काठमाडौं, ३ असोज ।
नेपालकी चर्चित चर्चित गायिका मिलन अमात्यले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् ।
करिब ६ वर्ष अगाडी बिहे गरेकी मिलनले पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेममा रहेकोबुझीएको छ । मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट आधिकारिक रुपमा श्रीमान मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् ।
मिलनसँग आफ्नो डिर्भोस भएको पति मेन्सनले पु्ष्टि गरेका छन् । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको अहिलेसम्म सन्तान छैनन् ।
भारतको आसाममा जन्मिएकी मिलन भारतमा समेत जमेकी गायिका हुन् । उनको ‘गाला रातै, स्लोली स्लोली’ जस्ता चर्चित गीतहरुमा स्वर दिएकी छन् । मिलन अमात्यले भने यसबारेमा केहि बोलेकी छैन ।