• विराटनगर, चैत्र ३०
    भारतीय पुुर्व राष्ट्रपति स्व. डा.ए.पी.जे अब्दुुल कलामको सम्झनामा रोजमाइन एजुुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले नेपाली विद्यार्थीलाई उच्च शिक्षामा लाग्ने लगभग ५० करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने भएको छ । 
    इन्जिनियरिंग, पारामेडिकल र व्यवस्थापन तर्फ इन्टर, ब्याचलर तथा मास्टर तहमा छात्रबृत्ति दिने कार्यक्रम अन्तर्गत रोजमाइनले १२ सय विद्यार्थीको फिसको जिम्मा लिने भएको हो । बिराटनगरमा पत्रकार सम्मेलन गर्दै रोजमाइनका संस्थापक सञ्ंचालक, शिक्षाविद् तथा अन्तराष्ट्रिय व्यक्तित्व अबैस अम्बरले शिक्षा माफियाको कारण गरिव विद्यार्थीहरुको पट्राविधिक शिक्षामा पहुु‘च पुुग्न नसकेको बताउनुुभयो । उहॉले शिक्षा माफियाहरु र कलेजबीचको सॉठगॉठका विरुद्ध  आवाज उठाउ‘दै गरिव विद्यार्थीहरुलाइ निशुुल्क प्राविधिक शिक्षा प्रदान गर्न आफु प्रतिबद्ध रहेको बताउनुुभयो । उहाले नेपालका शिक्षा माफिया र भारतीय निजी कलेजहरुबीचको गैरकानुनी सॉठगॉठले बिद्यार्थीहरु सस्तो कोर्षहरुमा लाखौ पैसा खर्च गर्न बाध्य हुनुपरेको जानकारी दिनुभयो ।  एजुकेश्नल कल्सन्टेन्सिको बजारमा पढाइको नाममा विद्यार्थीको खरिद बिक्रि भइरहेको बताउनुभयो ।
         विद्यार्थीले बदलामा पढिसकेपछि आफ्नो गाउ‘ठाउ‘को कुुनै एक विद्यार्थीलाई पढाउनुुपर्ने, नशा/मांशाहार सेवन गर्न नपाउने र आफ्नो बिहेमा दाइजो नलिने/नदिने संकल्प गर्नुुपर्ने उहाले प्रष्ट पार्नुभयो । ट्रष्टले नेपालको सामाजिक संस्था गौतम बुुद्ध वेलफेयर एजुकेश्नल नेपालस‘ग सहकार्य गर्दै विभिन्न सेमिनार र विद्यार्थी छनौट कार्यक्रम शुुरु गरेको छ। यस अघि सिराहा,सप्तरी, उदयपुुर, सुुनसरी, झापा, काठमाडौ लगायतका जिल्लाहरुबाट ३ सय भन्दा अधिक विद्यार्थीहरुको रजिष्ट्रेसन भइसकेको छ । विद्यार्थीहरुले फारम भर्न कम्तिमा ५० प्रतिशत अंक ल्याएको हुुनुुपर्ने प्रावधान रहेको छ । ट्रष्टले खाना बस्न बाहेक पढाइमा लाग्ने फिसको जिम्मेवारी लिने बताएको छ । विद्यार्थीहरुले भारतको क्तबतभ न्यखत। ग्लष्खभचकष्तथ र ब्क्ष्ऋत्भ् बाट सन्चालित विश्वविद्यालयहरुमा पठाउने बताएको हो । 
            रोजमाइनको कार्यक्रम अन्तर्गत टेक्निकल संकायमा मेकानिकल, केमिकल, सिभिल, आइ टी, सि एस, थ्रिडी एनिमेसन, एरोनोटीकल, माइनिङ, रोबोटिक्स, अटोमोबाइल, बि एस सी एग्रीकल्चर, एम एस सी एग्रीकल्चर, बायोटेक आदी
    यस्तै प्यारामेडिकल कार्यक्रम अन्तर्गत बि फार्मा, एम फार्मा, बि.एस. सी नर्सिङ, अप्टोमेट्रि, रेडियोलोजी, रेनल डाइलेसिस, बि एस सी एनेस्थेसिया आदि
    यस्तै मेनेज्मेन्ट तर्फ बिबिए, बिबिएम, एमबिए, पिजिडिएम, होटल मेनेज्मेन्ट, बिएचएम, फेसन डिजाइनिङ, एमसिए, एम ए एम, एल एल बी, बि एड, डि एड, मास कम्यूनिकेसन तथा जर्नालिजम आदि

    अर्को समाचार

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…