• देबु बानियाँ 
    डढेलधुरा । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले जेसीजमा लागेपछि आफुमा परिवर्तन हुन जरुरी रहेको बताउनु भएको छ । 
    शाखा भ्रमणको क्रममा शुक्रवार डढेलधुरा जेसीजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष बस्यालले जेसीजमा लागिसकेपछि परिवर्तन हुन सकिएन भने त्यसको कुनै अर्थ नहुने बताउनु भएको हो । 
    ‘जेसीजमा लागेपछि केही न परिवर्तन हन जरुरी छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्यालले भन्नु भयो–‘जेसीजमा परिवर्र्तन भएर होइन, परिवर्तन हुनका लागि आउने हो । कुनै पनि युवाको व्यक्तित्व, नेतृत्व। सामाजिक उत्तरदायित्व तथा आर्थिक सक्षमतामा परिवर्तन गराउने प्रमुख माध्यम नै जेसीज हो ।’ 

    साथै अध्यक्ष बस्यालले परिवर्तनका लागि ठूलै कार्य भन्दा पनि सानो भन्दा सानो कामलाई पनि प्रभावकारी रुपमा सञ्चालन गरेर परिवर्तन ल्याउन सकिने बताउनु भयो । 
    राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीले जेसीजका माध्यमबाट समाज परिवर्तनका लागि लाग्नु पर्ने बताउनु भयो । उहाँले जबसम्म व्यक्ति परिवर्तन भएर समक्षम बन्न सक्दैन तब सम्म समाज परिवर्तनको कल्पना गर्न नसकिने स्पष्ट पार्नु भयो । उहाँले त्यसका लागि जेसीजका माध्यमबाट समाज परिवर्तनमा लाग् डढेलधुराका युवाहरुलाई आग्रह गर्नु भयो । मा रहेका 
    सोही अवसरमा शाखाले पदाधिकारीहरुका लागि प्रशिक्षणको आयोजना गरिएको थियो । शाखा सञ्चालनमा जेसीजकर्मीहरुको भूमिकाका  विषयमा प्रशिक्षण गराइएको थियो । २७ जना सहभागि प्रशिक्षणमा राष्ट्रिय अध्यक्ष बस्याल उपाध्यक्ष रेग्मीले प्रशिक्षण गराउनु भएको थियो । 
    शाखा अध्यक्ष उत्तर विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लालमणि पन्त र पूर्व अध्यक्ष भोजराज भट्टले वर्ष २०१८ लाई ऐतिहासिक तथा स्वर्णिम वर्षका रुपमा चिनाउन राष्ट्रिय अध्यक्षलाई आग्रह गर्नु भयो ।
    कार्यकारीणी उपाध्यक्ष रमेश जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बरुण पनेरुले गर्नु भएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…