• उर्लाबारी /नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयहरु नयाँ योजनाका साथमा विद्यार्थी भर्ना अभियानलाई अगाडि बढाउने सुरसार गरेका छन् । विद्यालयहरुको भीडमा नयाँ सोच र योजनाको साथमा आफूलाई फरक बनाउन खोजिरहेको उर्लाबारी–८ को न्यू भिजन एकाडेमीले पनि विद्यार्थीहरुमा ब्यबहारिक तथा संस्कारयुक्त ज्ञान दिने गरी कार्यक्रम बनाएको बताएको छ ।
    नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयमा अहिले ३ सय बढी विद्यार्थीहरुले अध्ययन गर्दै अएका छन् । विद्यार्थीहरुलाई कसरी संस्कारयुक्त बनाउने र विद्यालयमा प्रदान गरिने व्यवहारिक शिक्षाले उनीहरुले आफ्नो भविष्य सुरक्षित बनाउने गरी विद्यालयले नयाँ योजनाहरुको साथमा काम गर्दै आएको विद्यालयका सञ्चालक कमल गौतमले बताउनुभयो । ‘अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले यसै शैक्षिक सत्रदेखि हामीले ओपन लाइब्रेरी सिस्टमबाट अध्ययन गर्ने वातावरण बनाएका छौं’ उहाँले भन्नुभयो । 


    भौतिक पूर्वाधारयुक्त विद्यालयमा क्यान्टिन, कम्प्यूटर ल्याव रूम, शौचालय, कक्षाकोठाको व्यवस्थापन बालमैत्री तरिकाले गरिएको प्रिन्सिपल अजितकुमार भट्टराईले बताउनुभयो । टाढाका विद्यार्थीका लागि दुई वटा स्कूल बसको व्यवस्था गरिएको छ । 
    लामो समयदेखि सिटिएफ नेपाल पूर्वाञ्चल कार्यालयमा रहेर विभिन्न विद्यालयका पूर्व प्राथमिक तहका शिक्षकशिक्षिकालाई तालिम दिँदै आउनुभएकी न्यू भिजन एकाडेमीकी सञ्चालिका दृपा भट्टराईले बालबालिकाहरुमा खेल्दै सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो । श्रव्य दृश्य सामग्री, मन्टेश्वरी ल्यावको व्यवस्था रहेकोले विद्यार्थीहरुमा प्रयोगात्मक सिकाइ गरिने भट्टराईले बताउनुभयो । विभिन्न विद्यालयका शिक्षिकाहरुलाई सिकाएको सीप अब न्यू भिजनमा आफैं रहेर लागू गर्ने र बालबालिकालाई खेल्दै सिक्ने अवसर प्रदान गर्ने उहाँको योजना छ । 
    यसको साथै विद्यालयले बालबालिकाहरुमा रहेको अन्तरनिहित क्षमताको विकास गर्नका लागि खेलकुद, कला, साहित्य, सिर्जनाका क्षेत्रमा पनि अगाडि बढाउने क्रियाकलाप गर्दै आएको छ । विभिन्न स्थानमा भएका कार्यक्रमहरु उत्कृष्ट प्रदान गर्दै आएका छन् । साथै, विद्यालयले अभिभावकहरुसँग पनि आत्मियता बढाउने गरी विभिन्न चाडपर्वहरुमा कार्यक्रम गर्दै आएको छ ।
    कुशल व्यवस्थापक, दक्ष, तालिमप्राप्त शिक्षकशिक्षिका रहेको न्यू भिजनमा यस शैक्षिक सत्रदेखि फरक शैली र पारामा शिक्षण सिकाइ सञ्चालन हुने भएपछि उक्त विद्यालयतर्फ अभिभावकको ध्यान आकृष्ट भएको छ । काठमाडौंका विभिन्न शिक्षालयहरुसँग सम्बन्ध स्थापित गर्दै सोही अनुसारको शिक्षण सिकाइ सञ्चालन गर्ने योजना विद्यालयले बनाएको सञ्चालक कमल गौतम बताउनुहुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…