• ०३ असोज,२०७४ ३

    काठमाडौं :

    अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर बिदाई गरेका हुन्। बिदाई कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दाससहित अन्तितम १२ प्रतिस्पर्धी सहभागी थिए। सेप्टेम्बर २२ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार जाँदै छन्।

    बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कतार पुगेर देशको स्वाभिमान बढाउन अन्तिम तीन प्रतिस्पर्धीलाई शुभकामना दिए। ‘कतार पुगेर स्वाभिमानी नेपालीको रुपमा प्रस्तुत हुनुहोस्, देशको स्वाभिमान र प्रतिष्ठा राखेर फर्कनुहोस्’, बिदाईमा बोल्दै अध्यक्ष थापाले भने, ‘अन्तिम तीन प्रतिस्पर्धीलाई शुभकामना र अन्य सबैलाई बधाई।’ अध्यक्ष थापाले नेपाल आइडललाई सफल बनाउन प्रतिस्पर्धीको समेत महत्वपूर्ण भूमिका रहेको बताउदै पछिल्ला दिनमा संवेदनशील राष्ट्रको रुपमा चिनिएको कतारमा रहदाँ ख्याल गर्न सुझाव दिए।


    राष्ट्रिय स्वाभिमान नभुल्न आग्रह गर्दै अध्यक्ष थापाले आइडलका प्रतिस्पर्धीको बिदाईको अन्तिममा भने, ‘नेपालको राष्ट्रियतालाई नभुल्नुहोस्, सबै जाति र धर्म एउटै हो, संसार एउटा घर हो र त्यहाँ बस्ने हामी सबै मानव जाति हौँ।’
    बिदाई कार्यक्रममा बोल्दै अन्तिम प्रतिस्पर्धी निशान, बुद्ध र प्रतापले नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि कतार उड्न लाग्दा उत्साहित भएको प्रतिक्रिया दिए। बिदाई कार्यक्रममा एपीवान टेलिभिजनका निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्ण पोस्ट्का सिइओ सञ्जयचन्द्र बस्नेत, एचआर प्रमुख सुदमकुमार सिजापतिलगायतको उपस्थिति थियो।
    विश्वमा रहेका लाखौँ नेपाली नेपाल आइडलको सान र मान कसले पाउने हो भन्ने प्रतिक्षामा छन्। सेप्टेम्बर २२ मा कतारमा हुने अन्तिम प्रतिस्पर्धाबाट विजेताको घोषणा हुँदै छ। आइडलको फाइनलमा पुगेका प्रताप, निशान र बुद्धले खाली हात फर्कनु पर्दैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। ( यो  सामाग्री अन्नपूर्ण पोष्ट डटकम बाट साभार गरिएको हो , श्रोत  सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोला ! )

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…