• २०७५ बैशाख ०१ शनिवार

    काठमाडौं ; राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताउनुभयो ।

    राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गर्नुभयो ।

    उहाँले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्र्मनिभर बनाउने अवसर प्राप्त भएको बताउनुभयो ।

    देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको उल्लेख गर्नुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…