• देबु बानियाँ
    नवलपरासी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले पछिल्लो वर्ष जेसीजप्रति युवाहरु उत्साहित भएको बताउनु भएको छ । 
    एरिया डि का शाखाहरुको भ्रमण सकेर आइतवार नवलपरासी आउनु भएका बस्यालले एक साताको शाखा भ्रमण नेपाल जेसीजका लागि प्रभावकारी बनेको बताउनु भयो । 
    ‘युवाहरु अत्यन्तै उत्साहित हुनुहुन्छ’ भ्रमणको समिक्षा गर्दै अध्यक्ष बस्यालले भन्नुभयो –‘युवाहरुको व्यक्तित्व निर्माणसँगै आर्थिक समृद्धिको बाटोमा लैजानका लागि जेसीज सधैँ कटिबद्ध रहनेछ ।’
    उहाँले विशेष गरेर पहाडी क्षेत्रका शाखाहरुको भ्रमण बढी प्रभावकारी बनेको बताउनु भयो । अछाम जेसीजले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि गरेको अभियानको प्रशंसा गर्दै बस्यालले सबै शाखाहरुले सामाजिक क्षेत्रमा केही न केही योगदान गर्दै आएको बताउनु भयो । ‘जेसीजले समाज परिवर्तन गर्छ’ उहाँले भन्नु भयो–‘जसको एउटा उदाहरण अछाम जेसीज हो । साथै तुलसीपर जेसीजले स्थानीय निकाय तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा सामाजिक क्षेत्रमा गरेको काम पनि प्रशंसनीय छ ।’
    ‘सबै शाखाहरु अत्यन्तै उत्साहित छन्’ रातोकलमसँगको कुराकानीमा बस्यालले भन्नु भयो –‘उहाँहरुले वर्ष २०१८ लाई अत्यन्तै प्रभावकारी रुपमा सफल बनाउने उद्घोष गर्नु भएको छ ।’ 
    अबको तपाईको योजना के छ भन्ने प्रश्नमा बस्यालले भन्नु भयो –‘अब काठमाडौँ गएर राष्ट्रिय कार्यक्रमहरु तयार गर्ने र बाँकी रहेका शाखाहरुको भ्रमणमा निस्कने छु ।’ उहाँले कुन एरिया जाने भन्ने बारेमा चाहिँ अहिले नै तयार नभएको बताउनु भयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…