• उर्लाबारी / उर्लाबारी नगरपालिका – ८ राजघाटमा रहेको अरनीको उच्च माविमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि नेकपा एमालेका मोर्चा विभाग प्रमुख तथा सोही स्कूलका पूर्व विद्यार्थी रुपेश खतिवडाले छात्रवृत्तीको घोषणा गरेका छन् ।

    स्कूल परिसरमा सोमबार कार्यक्रम आयोजना गरी सम्झौता पत्र बनाएर छात्रवृत्ती वितरण गर्ने खतिवडाले घोषणा गरेका हुन् ।



    कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुले छात्रवृत्ती पाउनेछन् । छात्रवृत्ती २०७४ को नयाँ शैक्षिक शत्रदेखि बितरण गर्ने सम्झौजा पत्रमा उल्लेख छ । खतिवडाले उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने प्रत्येक विद्यार्थीहरुलाई जनही नगद पाँचसय र पोशाक तथा स्टेशनरीको सामाग्री वितरण गर्ने छन् ।



    सम्झौतापत्रमा स्कूलकोतर्फबाट प्राचार्य कोमलप्रसाद खतिवडा, व्यवस्थापन समितिको अध्यक्ष रुद्रबहादुर सुब्बा र खतिवडाले हस्ताक्षर गरेका छन् ।




    एमाले मोरङको सचिवालय सदस्य समेत रहेका खतिवडा आउने प्रदेश चुनावमा पार्टीले मोरङको क्षेत्र नम्बर १ देखि संसदमा उठाउने चर्चा रहेको छ । स्थानिय माज निकै लोकप्रिय रहेका खतिवडाले एक नम्बर क्षेत्रमा विभिन्न सामाजिक कार्यदेखि विभिन्न गतिविधीहरु गर्दै आएका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…