• झापा। आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ ।

    मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्य पर्व मानिन्छ ।

    आज काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा मेला लागेको छ । त्यहाँ आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ । बौद्ध धर्मावलम्बी समेत मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

    पञ्चांग निर्णायक समितिका अध्यक्ष डा।रामचन्द्र गौतम आमाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने विशेष दिनको विधान शास्त्रमा नभएको बताउँछन्। जन्म दिने संसार देखाउने र कर्मशील बनाउने आमाबाबुको सम्मान सँधै गर्नुपर्छ। ‘औँसी विशेषगरी दिवंगत पितृ ९आमा बाबु० लाई सम्झिने दिन हो’, ‘पितृको सम्झनामा तर्पण, श्राद्ध आदि गर्ने विधान छ।’

    गौतमका अनुसार यसैलाई लक्ष्य गर्दै कुनै समुदायले वर्षका १२ औँसीमध्येको यो औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो, भदौको औँसीलाई बाबुको मुख हेर्ने दिनको रूपमा लिन थाल्यो, कालान्तरमा सनातन संस्कृतिकै अंग बन्यो। पूर्वीय संस्कृतिमा आमा, बाबु र गुरु देवतासरह मानिन्छन्। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरुप्रति सँधै अनुगृहीत रहने सनातन धर्म–संस्कृतिको परम्परा हो।

    यी तीनमध्ये पहिलो स्थान आमाकै आउँछ। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ। माता पिताभन्दा हजार गुणले महिमायुक्त हुन्छिन् भनिएको छ। यति महिमा भएकी आमालाई एक दिन मात्र सम्मान गरेर पुग्लारु सनातन संस्कृतिमा दिनहुँ मातापिताको दर्शन गर्ने उनीहरूको पूजा गर्ने,  सम्मान गर्ने, अनुकुलका कार्य गर्ने र चित्त नदुखाउने विधान रहेको धर्मशास्त्रका ज्ञाता डा। देवमणि भट्टराई बताउँछन्।

    ‘मातृ–पितृ ऋणबाट मुक्त हुन गाह्रो हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता छ’, भट्टराई भन्छन्, ‘यसैकारण सँधै आमाबाबुको अनुकुल हुने काम गर्नुपर्छ।’ टाढा भएकाहरूका लागि लक्ष्य गर्दै आमा वा बाबुको मुख हेर्ने चलन चलेको संस्कृतिविद्हरूको भनाइ छ। तर वर्षको एक दिन सम्मान गर्ने अरु दिन बेवास्ता गर्ने चलन मौलाउँदै गएकोमा उनीहरू चिन्ता व्यक्त गर्छन्। पश्चिमा संस्कृतिको प्रभावले आमाबाबुप्रति गर्ने व्यवहार प्रतिकूल हुँदै गएको बुझाइ छ, समितिका अध्यक्ष गौतमको।

    ‘एकदिन सम्मान गरेर अरु दिन बेवास्ता गर्ने संस्कृति हाम्रो हुँदै होइन’, उनी भन्छन्, ‘आमालाई व्यवहार गर्दा नौ महिनासम्म कोखमा राखेको, जन्माएको, हुर्काएको, बढाएको सम्झना सँधै हुनुपर्छ।’ संयुक्त परिवारको अवधारणा क्षीण हुँदा आमाबाबुप्रति गर्ने व्यवहार पनि बदलिँदै गएको बताउँछन्, धर्मशास्त्री भट्टराई। परसंस्कृतिको अनुकरण गर्दा हामीमा रहेको स्नेह, दया र सम्मानको भावना हराउँदै गयो’, उनी भन्छन्, ‘जबसम्म पारिवारिक मूल्य र मान्यताको महत्त्वबारे चेतना हुँदैन, संस्कृतिको विचलन भइरहन्छ।’

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…