• काठमाडौं । हिमालयन एयर नेपालको आयोजनामा भएको मिस कप्पल प्रतियोगिताको उपाधि मोरङ उर्लाबारी कि गीता मगर शेर्पाले जित्नुभएको छ । शेर्पाले आफ्नो जोडिको फोटोमा सबैभन्दा बढि लाईक पाएर उपाधि जित्नुभएको हो । जितसँगै उहाँले नगद ३० हजार रुपैंया प्राप्त गर्नुभएको छ । हाल मकाउमा रहनुभएकी गीता समाजसेवामा पनि क्रियाशिल हुनुहुन्छ । 
    तनँहु कि रन्जु गरुङ दोस्रो हुनुभएको छ । उहाँले नगद १५ हजार पाउनुभयो । 
    प्रतियोगितामा उपाधि जितेपछि गीताले भोट गर्दै साथ सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभएको छ । 
    उहाँले फेसबुकमा स्टाटस मार्फत यस्तो लेख्नुभएको छ ।
    हिमालयन नेपाल एयरको आयोजनामा भएको मिस कप्पल प्रतियोगितामा हजुरहरुले अमुल्य भोट साथ सहयोग र हौषला गर्दा बिजयी बनाईदिनुभएकोमा मेरा परिचित साथीभाई,शुभेच्छुक आफन्तजन दाजुभाई दिदी बहिनीहरुमा  सर्वप्रथम  हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु । किनकी हजुरहरु बिना उपाधि जित्न सहज थिएन् । हजुरहरुले कार्यव्यस्तताको बाबजुद पनि भोट गरिदिनुभयो, सबैमा भोट गर्न अनुरोध गरिदिनुभयो । जिताउन लागिदिनुभयो, जसरी म लागे त्यो भन्दा अझै बढि लागिदिनुभयो । ४ हजार भन्दा बढि लाईक पाएको थियो हाम्रो तस्बिरले ।  जसको फलस्वरुप हामीले पुरस्कार जित्न सफल भयौं । यो जितलाई मैले हामी सबैले जितेको महशुष गरेको छु । हजुरहरुले मलाई जसरी सहयोग गर्नुभयो, हजुरहरुलाई पनि मेरो साथ सहयोग आवश्यकता परेमा सदैब लागि रहनेछु । मैले प्रतियोयोगीमा पाएको पुरस्कार नगद ३० हजार रुपैंया सामाजिक काममा खर्च गर्ने निर्णय गरेको छु । र चाँडै गर्नेछु  भन्दै नयाँ बर्ष २०७५ को शुभकामना सहित पुनः हजुरहरुलाई धेरै धैरै धन्यवाद दिन चाहान्छु । आयोजक संस्थाले प्रतियोगितामा भाग लिने अवसर मिलाईदिनुभएकोमा आयोजक संस्थालाई पनि धन्यवाद दिन चाहान्छु । 

    Himalayan-Nepal Air 
    पुरस्कार रकम दिईएको बारे जानकारी : 
    प्रथम बिजेता : “Best Couple Competition 2074” 
    Geeta Magar Sherpa & Bhim Sherpa जोडी, ताप्लेजुङ हाल Macao China
    प्रतियोगी नम्बर 86 लाई वहाँहरुले दिनु भएको बैंक एकाउन्टमा प्रथम बिजेता पुरस्कार राशि नेरु. ३००००.०० (तीस हजार रुपैंया) क्यास डीपोजीट गरीएको जानकारी गराऊँछौं । प्रतियोगी जोडीलाई हार्दिक बधाई तथा धन्यबाद छ !

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…