• लोकनाथ रिजाल÷दमक 
    लुकेर बसेको प्रतिभा कति बेला एकै चोटी चर्चामा आउँछ पत्तै हुदैन । यसो हुनुमा सामाजिक सञ्जालहरुकै देन उल्लेख्य रहने गरेको छ । युटुबरहरुलाई नै थाहा हुन्न कि आफैले अपलोड गरेको भिडियो कति बेला भाईरल भइदिन्छ भनेर । यस्तै भएको छ झापा दमकका १२ बर्षिय अशोक दर्जीको जिवनमा । अहिले उनी सामाजिक सञ्जाल युटुबमा गित गाएरै भाईरल भएका छन् । मिठो गित गाएर सबैलाई मोहित बनाउन सक्ने कला अशोकमा रहेको छ । गायकिमा उनको अदभूत क्षमता भएका कारण छोटो समयमा नै चर्चामा आएका छन् । बिशेष गरेर युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । अशोक संग फोकस टिभी उर्लाबारीले लिएको एउटा अन्र्तबार्ता अहिले युटुबको चौथो ट्रेन्डीङमा पर्न सफल भएको छ ।  

    एउटा बिपन्न परिवारमा जन्मिएका उनमा हर कोहीलाई लठ्याउने मिठास पुर्ण स्वर रहेको छ । झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविकोपार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । 
    २ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए । निम्न बर्गीय परिवारका अशोकको बुवा बिष्णु र आमा ललिताले बनिबुतो गरेर घर चलाउने गरेका छन् । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । गाउने हरेक गितमा मिठास भए पनि शब्दका बारेमा अशोक अल्मिलिने गरेका छन् । 

    अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । यीनै अशोकको जिवन भने अहिले फेरिन सुरु गरेको छ । उनलाई सहयोग जुट्ने क्रम सुरु भईसकेको छ भने केही दिनमा नै राजधानी जाने तरखरमा रहेका छन् । फोकस टिभी उर्लाबारीको आयोजनामा उर्लाबारीमा सोमबार सम्पन्न अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले सहयोगको घोषणा गरेका छन् । उनको माध्यमिक तह सम्मको शिक्षा, बसोबास तथा खानपीनका लागि बेथेल एजुकेशन एकेडेमीले सहयोग गर्ने भएको छ । एकेडेमीका फाउण्डर दिपक न्यौपानेले अशोकको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नूका साथै सम्पुर्ण खर्च आफुले उठाउने बताए । त्यस्तै उर्लाबारी–६ का सचिन योञ्जनले उनको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै ५० हजार रुपैया दिने घोषणा समेत गरे । कार्यक्रममा बिभिन्न ब्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रतिभावान अशोकलाई सक्ने सहयोग गर्ने आश्वासन दिए । 

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…