• खै के खै के भने जस्तो देशको अवस्था छ।आमूल परिवर्तन र समाजवादका सपनाहरु बहसको रुपमा पनि भाइरल बनेका छन भने, कहि कसैलाई भाइरल पनि बनाउदैछन यो लोकतान्त्रिक राज्य नेपालमा। आज नव वर्षको तेस्रो दिन २०७५ सालको बैशाख ३ गते हामीले ०७४ सालसम्मको सम्पूर्ण उपलब्धिहरुको सस्थागत गरिसकेको खबर पाएका छौं , संघीय राज्यव्यवस्था पाइसकेका छौं र संसदीय शासन व्यवस्थाको युग हात पारेका छौं।खोइ कता जाने भनेर हिड्दा सम्भावनाको खेलले खै कता जोडिरहेको अवस्थाको बिन्दुमा छौं। जनता जनार्दन सिंहदरबारले दिने अधिकारको प्रतीक्षामा छन अनि बगाउन मन लाग्छ कलमका मसीहरु सेन्सरसिप नलगाइएको सन्जाल र मिडिया मार्फत। आज हामीहरु यो मितिमा आइपुग्नुमा सहजै आइपुगिरहेका छैनौं र यो युगलाई चुनौती र अवरोहबाट जोगाउन पनि चानचुने कसरत भएको छैन।अब यस्तो कसरत सच्चा साम्यवादी अभियन्ताहरुमा पैदा होस ,जनताले यहि नै चाहिरहेका छन।सिंहदरबारले अन्तरक्रिया गरिरहेको छैन,जनता के चाहन्छन संघीय संसदमा बहस चलिरहेको नै छैन।इतिहासले ०५२ साल तिर फर्किने हो भने २३ पटक यो पृथ्वीले फेरो मारिसक्यो तर राजनीतिले जनता उपर एक फेरो पनि मार्न सकेन।बरु जनता भन्दा राजनेता उपर चाहिँ ज्यादै चिन्ता ब्यक्त गर्ने लिखित लोकतन्त्र पाइयो ।जुन व्यबहारमा लागू हुन चुक्किनु होइन जोडिनु र एक ढिक्का भै रुप र गुण जाहेर गर्नु पनि हो।तर त्यसो हुन सकिरहेको छैन। आज कहिकतै गाउपालिका ध्वस्त भए भने भोलि सिंहदरबार ध्वस्त भएको समाचार आयो भने संसदीय सत्ताको बाम बिडम्बना नबन्ला भन्न सकिन्न।युद्द र झगडा अनि द्वन्द सहज विषयहरु हुन तर मिलन र वार्ता अनि संवाद कम्प्लिकेटेड विषयवस्तुहरु हुन।नेतृत्व पक्तिले बेलैमा सजगता अपनाइदियोस ।यहि नै निवेदन जगजाहेर गर्नु मन लाग्यो। देशले रगतको खोली बगाएर ल्याएको उपलब्धि जसका माध्यमहरु बग्रेल्ती भेटिन्छन् ,कहालीलाग्दो युद्दका डोबहरु छमिन्छन,अनि सोध्न मन लाग्छ सर्वोच्च नेतृत्व समक्ष कमरेड एकपटक जनयुद्धका योद्दाहरुलाई हालखबर सोध्नुहोस अनि जनताका आवाजहरु संकलन गर्दै सहयोद्दाहरुलाई वार्तामा ल्याएर मुलुकको निकास र समृद्दिको लागि हातेमालो गर्नुहोस।महान सहिदहरुको मृत आत्माले शान्ती पाउनेछ।समृद्दिको दिर्घायु प्राप्त गर्न र समाजवादको निरन्तर यात्रालाई टुङ्गोमा पुर्याउन पनि विप्लव र वैद्यजीहरुसग अब वार्ताको निमित्त आव्हान गर्नुहोस।एक्काइसौं शन्ताव्दी द्वन्दको वर्ष होइन गौरबको वर्ष बनिदियोस।बाम विडम्बना नबनिदियोस।शुभकामना

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…