• विराटनगर । विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालय बाहिर बम विष्फोट भएको छ ।

    जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले दिएको जानकारी अनुसार घटना साँझ ८ बजेर १५ मिनेट जाँदा भएको हो । एम्बेसीको सम्पर्क कार्यालय विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको छ ।

    कार्यालय अगाडिको चौरमा बम विष्फोट हुँदा एम्बेसीको सम्पर्क कार्यालयको पर्खालमा क्षति पूगेको एसपी बिसीले जानकारी दिनुभयो ।
    ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’, बिसीले भन्नुभयो, ‘कस्ले र किन गराएको भन्ने विषय खुलेको छैन, केही हुलिया पत्ता लागेको छ छिट्टै हामी अपराधिलाई पक्राउ गर्छौं ।’

    क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ ।

    रातको समय भएको कारण अनुसन्धान र घटनास्थलमा केही प्रमाण फेला पार्न नसकेको बिसीको भनाइ छ । घटनामा विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…