• उर्लाबारी/मोरङको उर्लाबारीमा सोमबार महिला अधिकार संरक्षणमा जनप्रतिनिधिको भूमिका बिषयमा छलफल गरिएको छ ।
    साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरको आयोजना, यूएनडीपिको सहयोग र उर्लाबारी नगरपालिकाको सहकार्यमा सो छलफल गरिएको हो । छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले महिला अधिकार संरक्षणमा आफूहरु अत्यन्तै संमवेदनशील रहेको बताएका छन् ।

    उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो ,उपप्रमुख लक्ष्मीदेबी भण्डारी लगायत वडाध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो । छलफलको सहजीकरण मानब अधिकार रक्षक परिषद्का प्रमुख सल्लाहकार कोषराज न्यौपानेले गरेका थिए । उनले महिलाहरुको अवस्था, सवलीकरण र सहभागितालगायतका बारेमा सहजीकरण गरेको उर्लाबारी वडा नं. ७ की सदस्य एंब महिला नेतृ शोभितमाया तामाङ (सावित्रा) ले जानकारी दिइन् । कार्यक्रममा आयोजक कोकनका सल्लाहकार कमल कोइराला, उपाध्यक्ष मञ्जिता उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।


सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …