• विराटनग / विद्यालय भर्ना गर्न विद्यार्थी खोज्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरे थलाहा पुगेका छन् । बैशाखको चर्को घामको बिचमा हातमा प्लेकार्ड र ब्यानर सहित निस्किएको ¥यालीका विचमा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री घिमिरे विद्यार्थी खोज्दै थलाहा पुगेका हुन् ।

    प्रदेश सांसद, कटहरी गाउँपालिका भित्रका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, प्रधानाध्यापक सहितका विद्यार्थी र बालबालिकाका अभिभावकहरु पनि लामबद्ध रुपमा नारा लगाउँदै विद्यार्थी भर्ना अभियानमा हिडेका थिए ।

    गाउँका बिभिन्न स्थानमा बिद्यार्थी भर्ना गर्नु पर्छ भन्दै टोली विद्यालयमा बालबालिका भर्ना नगर्ने अभिभावककोमा मात्र पुगेन विद्यालय नआएका बालबालिकालाई गाडी मै हालेर विद्यालयसम्म ल्याएर भर्ना गरे । यो अवस्था कटहरी गाउँपालिका वडा नम्बर ७ थलाहाको हो । अहिले पनि थलाहाका धेरै बालबालिका विद्यालय बाहिर रहेको कारण पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सो स्थानमा पुगेर कार्यक्रमको आयोजना गरेको हो ।

    सामाजिक विकास मन्त्री घिमिरेले आफ्ना बाबुनानीलाई विद्यालय नपठाउने अभिभावक सहित मन्त्रीकै गाडी चढाएर कटहरी गाउँपालिका थलाहामा रहेको जनता माध्यामिक विद्यालयमा ल्याएर भर्ना गराएका थिए । उनले १८ जना विद्यालय नआएका बालबालिकालाई एकै पटक भर्ना गराएर पाठ्यपुस्तक समेत हस्तान्तरण गरे ।

    कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस, बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउनु पर्छ भन्ने उद्देश्यले सचेतना फैलाउनको लागि यस्तो कार्यक्रम आयोजना गरेकोमा बिद्यालयलाई मन्त्री घिमिरेले धन्यवाद दिए ।

    मन्त्री घिमिरेले शिक्षा र चेतनाको हिसावले थलाहा गाउँपालिका धेरै पछि परेको उल्लेख गर्दै विराटनगर महानगरपालिका नजिकै भएपनि अझै शिक्षाको स्तरमा सुधार हुन नसकेको औल्याए । ऋषिदेव, बाँतर, झाँगड, सरदार, अरु समुदाय अरु समुदायको तुलनामा अगाडी बढ्न नसकेको औल्याउँदै समाजका सबै बर्ग र समुदाय सँगै अघि बढ्न नसके सोचे अनुसारको समृद्धी हाँसिल गर्न नसकिने मन्त्री घिमिरेको भनाई छ ।

    विद्यालय तहको शिक्षालाई निशुल्क गराउने अभियान अन्तगरतका कुनै पनि बालबालिका विद्यालय जान पाउनु पर्ने, पढ्न पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु नहुनेमा सहभागीले जोड दिए । प्रदेश सांसद विजय विस्वासले कुनैपनि अवस्थामा आफ्ना नानीलाई विद्यालय भर्ना गरेर राम्रो शिक्षा हासिल गराउनमा अभिभावकहरु लाग्नुुपर्ने बताए ।

    विद्यालयमा विद्यार्थी नहुने अवस्था अहिले पनि सामुदायिक विद्यालयमा रहेको छ । तर अव गाउँगाउँमा सञ्चालन हुने शिक्षा सम्बन्धि सचेतना अभियानले बालबालिकालाई मात्र हैन अभिभावक र शिक्षकलाई पनि दवाव सिर्जना गर्नेमा सहभागीहरुले जोड गरे । यस बर्ष देखि अधिकांश गाउँपालिका तथा नगरपालिकाहरुले सामुदायिक विद्यालयको स्तर बृद्धीको लागि भन्दै अंग्रेजी माध्यामबाट पठन पाठन गराउने भएका छन् । हरेक बर्ष एक महिनालाई सरकारले बिद्यार्थी भर्ना बर्षको रुपमा मनाउँदै आएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…