• कानेपोखरी÷ प्रथम युवा कन्चन सायुज्य गोल्ड कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत बिहीबार भएको पहिलो सेमिफाइनलमा १–० गोलको चुनौति पूर्ण जित निकाल्दै आयोजक युवा कन्चन सायुज्य फूटबल क्लव फाइनलमा प्रवेश गरेको छ । 
        पूर्वाञ्चल एपीएफ क्लवलाई दोस्रो हाफको ३५ औं मिनेटमा आयोजक टिमका नबराज कार्कीले गरेको एक मात्र गोल नै पहिलो सेमिफाइनल खेलको निर्णायक गोल बन्यो ।बिहीबारको खेलमा आयोजक टिमका सुरेन खवास म्यान अफ द म्याच घोषित भए । आयोजकले अब शनिवार हुने फाइनल खेलमा  शुक्रबार हुने फेयर फुटबल क्लब धरान र शान्तिनगर फुटबल क्लब बीच हुने खेलको विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ । 
        गत बैशाख २ गते देखि कानेपोखरी–७ को चालिस पबघे खेल मैदानमा भइरहेको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । विजेतालाई ५१ हजार नगद रुपियाँ सहित गोल्ड कप,प्रमाण पत्र र ट्रफि  र उप विजेता टिमलाइृ ३१ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने खेल समितिका सदस्य नवीन उप्रेतीले बताए । 
     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…