उर्लाबारी, ३ असोज
नगर प्रमुख खड्गबहादुर फागोको पहलमा अरनिको अस्पताल उर्लाबारीले शारीरिक अपाङ्गता भएकी उर्लाबारी– ८ कि पार्वता न्यौपानेलाई ब्हिल चेयर प्रदान गरिएको छ ।
मंगलबार न्यौपानेको घरमै पुगेर ब्हील चेयर हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्बू, युवा व्यवसायी अर्जुन नाल्बो, हेमराज गुरूङ्गलगायतको उपस्थिति रहेको थियो ।