• त्रिभुवन बिश्विबिद्यलाय जिल्ला सम्मेलन बैशाख १६ गते तय भए सँगै सबै कक्षा, बिभाग र संकायमा धमाधम कमिटी गठनले पनि तीब्रता पाएको छ ।अखिल(क्रान्तिकारी) त्रिभुवन बिश्वोबिद्यालयको जिल्ला सम्मेलनमा नेतृत्वको निम्ति नेताहरुबीच तिब्र प्रतिस्पर्धा देखिने निस्चित भएको छ ।

    लामो समय त्रिविमा राजनीति गरिरहेका नेताहरु देखि सेमेस्टरका नियामित बिद्यार्थी नेतासम्मले आँफु अध्यक्ष हुनुपर्ने दाबि गरिरहेका छन् ।

    अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव राजकुमार याक्सोले सहमतीय विधिबाट नेतृत्व छनोट गर्ने जानाकारी दिएतापनि सहमतिमा नेतृत्व छनोट हुन निकै सकस हुने एकजना अध्यक्षका दाबेदार बताउँछन् ।

    पछिल्लो क्रममा त्रिवि राजनीतिमा प्रभावशाली मानिएका अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तिलक उपाध्ययले सम्मेलन बिधार्थी आन्दोलनको कोशेढुंगा हुने र यसको उदघाटन माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने रातोकलम सम्बाददाता सँग बताए।

    बिगत लामो समयदेखि सम्मेलनको चर्चा चलेको भएपनि सम्मेलन हुन नसकेको प्रसंगमा रातोकलम सम्वाददाता संका ब्यक्त गर्दा अखिल(क्रान्तिकारी) त्रिवि संयोजक जगदीश देवकोटा लामो समयदेखि बिबिध कारणले सम्मेलन हुन् नसकेको स्वीकार्दै अबको सम्मेलन मार्फत नयाँ नेतृत्व छनोट हुने बताउँछन् ।

    बिस्वबिद्यालयमा सेमेस्टर प्रणाली पश्चात बिधार्थी आन्दोलनमा सुस्तता आएको र यसलाई ससकत्त र प्रभावकारी बनाउन आन्दोलनलाई सेमेस्टरको परिपेक्षमा पुनरगठित गर्नुपर्ने र नेतृत्व बिकास गर्नुपर्ने उनि बताउँछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…