• झापा । मेचीनगर नगरपालिकास्थत धुलाबारीमा प्रदेश नम्बर–१ स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन हुन लागेको हो ।
    धुलाबारी मोडमा आयोजना हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ६ टिमको सहभागिता रहने शुक्रवार भएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङले बताउनुभयो । भलिबल प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीयस्तरको भेलाले नेम्वाङको अध्यक्षतामा आयोजक समिति गठन गरेको थियो ।
    राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको विकास, विस्तार र प्रवद्र्धनका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष नेम्वाङले बताउनुभयो । राउण्ड रोविनका आधारमा लिग कम नकआउटको ढाँचामा प्रतियोगिता सञ्चालन हुनेछ ।
    प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसबाहेक ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
    प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । मुख्य प्रायोजक रहेको मेचीनगर नगरपालिकाले प्रतियोगिताका लागि २ लाख रुपैयाँ दिने भएको छ । आयोजक समितिले आफैं ५० हजार रुपैयाँ जुटाउने र बाँकी ५० हजार रुपैयाँ खेलप्रेमी दाताबाट जुटाइने आयोजक समितिका सचिव लेखनाथ पराजुलीले बताउनुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…