७ वैशाख २०७५
पथरी, मोरङ
पथरीशनिश्चरे वडा नंं ६ को मंगलबारे बजारको आज सरसफाइ गरिएको छ । वडा खानेपानी स्वाच्छता तथा सरसफाइ समन्वय समितिको आयोजनामा स्थानियको उपस्थिीतिमा सो कार्यक्रम सम्पन्न भएको हो । वडा अध्यक्ष तथा समितिका अध्यक्ष जयबहादुर तामाङ, वडा सदस्यहरु, सि एस डि सी सहजकर्ता तिलक नेपाली, फरेन विराटनगरका अर्जुन बास्तोला,
वडा सचिव, स्वास्थ्य चौकी इन्चार्ज, रेडक्रस तथा स्थानिय संघसंस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिीती रहेको थियो ।
यस वडामा २०६८ साल देखि चल्दै आएको सरसफाइ कार्यक्रम अन्तरगत हाल पूर्ण सरसफाइको कार्यक्रम चलिरहेको छ । कार्यक्रममा मंगलबारे बजार र आसपासका क्षेत्रको सर्सफाइ गरिएको छ । नियमित सरसफाइ गरेमा रोगबाट बच्न सकिने हुनाले सबैले सरसफाइमा लाग्न अध्यक्ष तामाङले अनुरोध समेत गर्नुभएको छ । वडाका कुनैपनि समस्या भएमा आएर कार्यालयमा राख्न अनुरोध गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने पनि तामाङले बताउनुभयो ।