इलाम । पाहुना टोली बंगलादेशको कामारन प्रगती संघलाई ३–१ गोल अन्तरले हराउदै विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको १० औ मिनेटमा युवराज खडकाले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ३५ औ मिनेटमा रुपबहादुर लामाले क्रस बारमा लागेर फर्केको बललाई हेड मार्फत गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । दोश्रो हाफको तेश्रो मिनेटमा कप्तान नविन लामाले गोल गर्दै आफनो टिमलाई ३–० को अग्रता दिलाए । ३ गोलले पछि परेको पाहुना टिम कामारनका अल्मागिरले विपक्षी टिमको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेलको ७८ औ मिनेटमा सान्तवना गोल फर्काए । खेलमा दुवै टिमले पाएका आधा दर्जन अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । एपीएफका मिडफिल्डर रुपबहादुर लामा खेलको म्यान अफ दि म्याच घोषित बन्दै नगद १० हजार प्राप्त गरे । कामारन विरुद्धको बिजयसंगै एपिएपmले सेमीफाइनल प्रवेशका लागी बैशाख–११ गते रमपम झापा–११ को सामना गर्नेछ । शनिवारको खेलमा सिएमजी संकटाले पाहुना टोली सिक्किम–११ को सामना गर्ने आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङ बताए ।