• विराटनगर, ३ असोज /

    लामो विवाद र बहसपछि सञ्चालनमा आएको विराटनगरको नोबेल मेडिकल कलेज अहिले आएर फेरि सरकारलाई बुझाउने राजस्वमा गरेको अनियमितता सार्वजनिक भएसँगै विवादमा परेको छ ।

    तत्कालीन नोबेल मेडिकल कलेजका सञ्चालक डा। ज्ञानेन्द्र गिरीको अपहरण प्रकरणपश्चात् एकलौटी सञ्चालक बनेका नोबेल मेडिकल कलेजका डा। सुनिल शर्मा पैसाको लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने पछिल्लो घटनाले प्रमाणित गरेको छ । त्यसका लागि सुनिल शर्माले आफ्नै मेडिकल कलेजका प्रशासन प्रमुखमा कार्यरत नारायण दाहाललाई साथमा लिएर करोडौँ राजस्व खेलबाड गरेको घटना सार्वजनिक भएको छ ।

    आर्थिक वर्ष ०७१/०७२ देखि आन्तरिक राजस्व कार्यालयलाई बुझाउनुपर्ने आयकर तथा घर बहालकर नतिरेका कारण विवादमा तानिएको नोबेल मेडिकल कलेजलाई अन्ततः आन्तरिक राजस्व कार्यालयले छ करोड राजस्व जरिवाना गरेपछि विवाद मिलेको थियो । अहिले फेरि आएर अस्पतालले चलाएको मेडिकल फार्मेसीबाट आन्तरिक राजस्व कार्यालयलाई बुझाउने करिब ५० करोडभन्दा बढीको रकम देखिएपछि नोबेलको राजस्व ठगी प्रकरण खुल्नपुगेको हो ।

    नोबेल मेडिकल कलेजमा सञ्चालन रहेको मेडिकेम फार्मेसी र वेलकेयर फार्मेसीबाट मासिक करोडौँ रकम असुल गर्दै आएको नोबेल मेडिकल कलेजले आन्तरिक राजस्व कार्यालयमा एक पैसा राजस्व नबुझाएको रहस्य खुलेको छ । मेडिकल कलेजले सञ्चालनमा ल्याएको भनिएको मेडिकल फार्मेसीबाट बिक्री हुने सर्जिकल सामानमा सरकारले भ्याट लगाएको छ । तर कलेजका सञ्चालक आफैँले भ्याटबापतको रकम लिएपछि फार्मेसी सञ्चालकले भ्याटबापतको मासिक करोडौँ रकम आन्तरिक राजस्व कार्यालयमा नबुझाएको स्रोतले बताएको छ ।

    नोबेल मेडिकल कलेजमा सञ्चालित मेडिकेम फार्मेसी कृतिनाथ शर्माले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ६०३१९६३४६ नम्बरको प्यान दर्ताबाट सञ्चालन गरेको देखिन आएको छ । त्यस्तै वेलकेयर फार्मेसी उमेश तबदार र सुरेन्द्र प्रधानको नाममा दर्ता कायम रहेकोमा पछिल्लो समय अनिल चौधरीले सञ्चालन गर्दै ६०५६५२६७१ नम्बरको प्यान दर्ता कायम गरी अस्पताललाई चाहिने सर्जिकल सामानको सप्लाई गरेको स्रोतले बताएको छ ।

    मेडिकल कलेजमा दैनिक आश्यक पर्ने सर्जिकल सामानहरुमात्र पाँच लाखभन्दा बढी हुने गरेको स्रोतले जानकारी दिएको छ । दैनिक न्यूनतम पाँच लाखको दरले बिक्री हुँदा पनि उक्त मेडिकल फार्मेसीले मासिक एक करोड ५० लाखको सर्जिकल सामान अस्पताललाई सप्लाई दिने गरेको देखिन आउँछ । उक्त सर्जिकल सामानको भ्याटबापत लाग्ने राजस्व मासिक १९ लाख ५० हजार नोबेलका सञ्चालकबाटै असुल हुने गरेको दाबी स्रोतले गरेको छ ।

    मेडिकेम फार्मेसी कृतिनाथ शर्माको नाममा दर्ता कायम देखिए पनि अस्पतालको सबै फार्मेसी सप्लाईको जिम्मा झापा जिल्लाका अनिल चौधरी र वेलकेयर फार्मेसीले अस्पताल सञ्चालक सुनिल शर्मा र प्रशासन प्रमुख नारायण दाहालसँग सम्झौता गरेर सप्लाई दिएको रहस्य स्रोतले खालेको छ । यसरी आन्तरिक राजस्व कार्यालयले भ्याटबापत असुल्ने फार्मेसीको वार्षिक दुई करोड ३४ लाख राजस्व नोबेल मेडिकल कलेजले विगत दुई वर्षदेखि दाखिला नगरेको दाबी स्रोतले गरेको छ ।

    यसरी सरकारको राजस्वमाथि समेत धावा बोल्ने सञ्चालक शर्मा र चौधरीलाई कारबाही गर्ने निकाय मौन रहेपछि अहिले अस्पताल सञ्चालकका बीच चर्चाको विषय बन्नपुगेको छ ।

    स्रोतका अनुसार सर्जिकल सामानको सप्लाई जिम्मा पाएका अनिल चौधरीले अस्पताललाई दिने सप्लाई र बिक्री गर्ने मूल्यमा पनि फरक मूल्य कायम गरेर औषधि बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

    अस्पताललाई चाहिने क्यानुला, बेन्डेज, प्लाष्टर, शल्यक्रियामा प्रयोग हुने सामानहरु, धागो, ब्लेड, भ्यान्टिलेटरमा प्रयोग हुने सामानहरु, भ्यान्टिलेटर सर्किटजस्ता अति आवश्यकीय सामानको सप्लाई गर्दा पाँच प्रतिशत र औषधि सप्लाई गर्दा ३५ प्रतिशत कमिसन अस्पताल सञ्चालकहरुलाई बुझाउनुपर्ने बाध्यता रहेको दाबी पनि स्रोतले गरेको छ । त्यसैगरी अस्पतालमा सञ्चालित औषधि व्यवसायी अनिल चौधरीले पसलको घरबहाल मासिक २२ लाख रुपैयाँ नोबेल मेडिकललाई बुझाउने गरेको तथ्य खुल्न पुगेको छ । तर उनले आन्तरिक राजस्व कार्यालयमा बुझाएको घरबहाल सम्झौतामा वार्षिक चार लाख मात्र घर बहाल बुझाएको पत्र देखाएर घर बहालमा समेत वार्षिक करोडौँ रकम राजस्व ठगी गरेको स्रोतको दाबी छ । आर्थिक दैनिकबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…