• अशोज -४ -कमला शर्मा भट्टराई ---- ----- ------ -------- प्रजातन्त्र र लोकतन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशील सोचको परिवेश, संस्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रुढिवादी र अन्धविश्वासले नेपाली सामाज लाइ न छोडेको वास्तविकताको जगमा केही हरफहरु कोर्न मन लाग्यो।नेपालको इतिहासमा हामिले पढ्नै मन नलाग्ने राणा शासनहरु पढ्यौं,उक्त अवधिमा महिलालाई निरीह र अवोध पशु झै पितृसत्तात्मक व्यवस्थाले पिडित बनाएको अवस्था,सती प्रथा,हिंसा र शोषणद्वारा कैद नारी जीवन नारकिय जन्म जस्तो लाग्ने शासन व्यवस्थामा सिकार भएका नारिहरु आज पनि बहुसंख्यक नेपाली समाजमा चुलोचौकोको दास र वच्चा जन्माउने मेसिन झै पितृसत्तात्मक व्यवस्थाको परम्परा धानिरहेका छन। रुपमा नारी आज पनि शोषणको जातोमा पिधिइरहेकी छिन।बाहिर हामी मानव स्वतन्त्रताका कुरा गरिरहेका छौं,मानव अधिकारको कुरा गरिरहेका छौं ,तर पनि सचेतनाको अभावमा घरघरमा महिला हिंसा दबिएर बसेका परम्पराका बिकृतिहरु छन् ।आज हाम्रो देशमा शासन व्यवस्था परिवर्तन भएको छ,यहि शासन व्यवस्था भित्र नारीहरु नै अग्रजको रुपमा हुनुहुन्छ तैपनी नारीको लागि प्रत्यक्ष सम्बोधन भएको पाइदैन।खै नारी शिक्षा??? खै नारीको लागि सीप र तालिमको व्यबस्था? अनि खै नारिको लागि न्यायालय ??? के हामी अझै पनि उत्पिडित भैरहनुपर्छ??? नारिको अर्थ महान छ ,सृष्टिकि जननी नारी आमा,दिदिबहिनी ,हजुर आमा,छोरी,बुहारी ,नातिनी बनिदिन्छिन।बहुरुपी नारी सृष्टिको सिर्जना आफै गर्छिन तैपनी उनी शोषणको सिकार बनिरहनुपर्ने??? तर हाम्रो देशमा सचेतनाको अभावको बादल उडिरहेको छ। नेपाल हरेक कुरामा अघि नबढ्नुको कारण भनेको पिछडिएका महिलाहरूको चेतनास्तर माथि उठाउन नसक्नु नै हो र महिलाहरूको हितका लागि ल्याएको योजनामुलक शिक्षाको कार्यान्वयन नहुनु पनि हो। महिलाहरूलाई चुलोचौकोमा मात्र सीमित नबनाई शिक्षित वातावारणमा जागरूक बनाई समाजभित्र उज्यालो छर्नका लागि महिला शिक्षा अपरिहार्य छ र यो योजना ल्याएको भनेको पनि सुनेको हो।तर लागू भएको सुनिएको छैन। विश्वका सबैजसो राष्ट्रहरूले महिला शिक्षालाई विशेष जोड दिएका हुन्छन्। नारी शिक्षित भएका मुलुकको चेतनास्तर माथि उठ्नुका साथै ती मुलुकहरु सम्पन्न र धनाढ्य भएका विश्व इतिहासहरु पनि छन्। नारीले जिवनमा छोरी ,दिदी,बहिनी,बुहारी,आमा बनेर परिवार र समाज अनि सृष्टि चलाएकी छिन,सृष्टि बचाएकी छिन र ससांर चलाएकीछिन। नारीलाई उचित शिक्षा भएमा एउटा परिवार मात्रै नभै समाज र राष्ट्र नै उज्यालो हुनेछ। तर यहाँ दुरगामी सोचहरु टिकिरहेका छैनन।बेमौसमी नियमहरु बन्दै मौसम अनुसार रद्द हुँदै गरेको जस्तो अनुभूति बढ्न थालेको छ।आजको एक्काइसौं शताब्दीमा साधारण लेखपढ नहुनेहरुको लागि संसार साघुरो र अन्धकार छ तर हाम्रो राज्यले शिक्षालाई विशेष महत्व दिइरहेको पाइदैन।यहाँ त बल्ल बल्ल साक्षर भै क्वालिफिकेसन प्रशस्त हुने महिलाहरु पनि राज्यको सम्बोधन भित्र परेका हुदैनन् । नेपालको शिक्षानिती पढ्दा रमाइलो लाग्छ, तर सामाजिक परिवेश तिर जादा अशिक्षाले जकडेको अवस्था छ।अरबौं बजेट शिक्षामा लगानी भए पनि उचित गुणस्तर र शिक्षाको ग्रहण गर्ने स्थानहरुको अभाव छ।शिक्षा भनेको कखरा मात्रै होइन शहरीकरण बढिरहेको चुनौतिलाई सिपको पनि त्यति नै जरुरत पर्दछ।विश्व बिज्ञानको जहाज उडाइरहेको बेलामा हामी भने जमीन बाट आकाश तर्फ हेरेर टोलाउने स्थितिमा छौं। समय अनुसार जागरुकता भएन भने हामी पिछडिनु नै राष्ट्र पिछडिनु हो।चेतनास्तरको तिलान्जली हो।यसर्थ: शिक्षा र महिला स्वास्थ्यको लागि विशेष शिक्षाको व्यवस्थापन गर्न सकेन राज्यले भने समाजको चेतनाको दियो झनै मधुरो हुने कुरामा सन्देह मान्नुपर्ला जस्तो लाग्दैन।हाम्रा कयन चेलीहरु खाडी ,कुवेत,इज्रायल जस्ता मुलुक तिर परनिर्भर भै पिल्सिनु पर्ने थिएन।तर यहाँ हाम्रो शिक्षाले हामी धेरैलाई आफ्नै देशमा मजदुर बन्न चाहन्छु भन्दा पनि दिएको छैन।यदि हामिलाइ राज्यले शिक्षामा विशेष जोड दिएको भए हामी पलायन हुनुपर्ने पनि थिएन।यहाँ त हरेक दिन कयन आमाहरु काखका मसिना नानिहरु घरमा छाडेर साउदी हानिनुपर्ने बाध्यता मुलुकको लागि एउटा चुनौति बन्दैछ। धन्यवाद।

    लेखक -कमला शर्मा भट्टराई अशोज -४

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…