२०७४ आशोज -४
लेखक लक्ष्मण चौलागाईं (क.विद्रोही)
लुट,भ्रष्ट,अपराधी र शोषक बिरुद्धको लडाइ थियो विगतमा अनि शासन परिवर्तनको आवाजमा बगेका थिए हजारौं मान्छेहरुका रगत………त्यतिबेला मौन तर नौलो बिहानिको चरम बिरोधी र आक्रोशित थियो प्रतिक्रियावादको दृस्टी…नेपाली भाग्य र भविस्यलाइ अन्धकारमा राख्ने निरङ्कुसताका चेलाहरुको राज जनपक्षीय कुरामा मौन थियो।जो जनताको बोलि बोल्थे उनिहरु मारिन्थे…उदाहरण उनै जनताका प्रीय नेता मदन भन्डारी जसलाइ दासढुङ्गामा लगेर मारियो।गुपचुपमा छोपियो। महासचिव र संगठन बिभाग को बन्ने चटारो पो बढी महत्त्वपूर्ण भयो,जस्तै राजा वीरेन्द्रको वंशनाश पछि ज्ञानेन्द्रको जिवनमा दोश्रो र अन्तिम राजा बन्ने चटारो उस्तैउस्तै देखिन्थ्यो। उनीहरुलाइ औपचारिकतामा सम्झिने भनेको जेठ ३ र जेठ १९ बाहेकको इतिहासै छैन।त्यसपछीका अवस्थाहरु खोइ………कसरी भन्ने लासको राजनिती भएको छैन ?!
इतिहासमा बगाइएका रगतहरु महान मान्छेका रगत हुन,वीरहरुको अमर र अजर साहस हो,जो जसले प्राण उत्कर्ष गरे,जो बेपत्ता भै सदाको लागि हराए,न आउने बाटो गैसके तर त्यहि वीरले बोकेको अजर र अमर सपनाको पर्खाइमा रहेकी उहाहरुकी बुढी आमै पनि आज त्यो अमर छोराको बाटो घरि बिहान,घरी साझ त घरी सपनीहरुको माध्यम द्वारा खोजिरहेकी छिन तर खोज्नेहरुको खोज फुट्दै,टुक्रिदै अथाह शक्ति छिन्न भिन्न भैरहेको बेलामा मदन भन्डारीको जबज मात्रै रोइरहेको छैन जनताको एजेन्डा महान सहिदको रगतले मेटिदै पो छ।
अनि असन्तुष्ट र आक्रोशको सत्ता बन्दै छ।आजकै कुरा गरौं धेरै वर्ष पर नजाउँ हाम्रो सत्ता किस्ताबन्दी भयो ,हाम्रो सत्ता गठबन्धनमा प्रतिक्रियावादी सत्तासग सम्झौता मात्रै गर्दै छैन,ललिपप र छेस्को राजनितिमा लुप्त भैसक्यो।मरेर पनि बाच्नेहरु को हो को हो भैसके। आफ्नालाई पराइ र पराइलाई आफ्नो बनाउदै मुलुकमा एकप्रकारको पिरो धुवा उड्दै छ।त्यो पिरो धुवा क्रान्तिको अश्रुग्यास हो।यहाँ कुर्सिले न त देश भन्छ ,न त जनता यो कस्तो बिडम्बना हो?हामी जनता हुन पाउँ,नेता होइन।सार्वभौम राष्ट्रका जनता नै जनताको राज्यसत्ताको मालिक हुन्छन ।
यहाँ त विधिको विडम्बना चलिरहेको छ।सम्झौताले लम्पसार परेर ढोग्दै राजनितिक रथ यात्रा नदि छेवैबाट अधिक किलोमीटर दुर अलमलिएको अवस्था छ।तर रथले सागर तरेको अहिलेसम्म सुनेको छैन।डुंगाको परिकल्पना अहिलेको नया सत्ताले गरेन।उ त जमिन र दरवारमा छ अनि रथमा मस्त रमाएको छ ,हामी नदिको छेवैमा छौं तर हमिसग हाम्रो डुंगा छैन।तर त्यो पारी जान हतारो छ।त्यहा सुन्दर कार्यक्रमहरु हुदैछन,सुन्दर अभियानहरुको साझा वसको यात्रा तर्जुमा हुदैछ।समय थोरैछ ।तर सत्ताको रथयात्रामा आउदै गरेकाहरुलाई पत्तो छैन कि त्यो नदि पारी समाजवादको बहस चल्छ,क्रान्तिको धुन बज्छ र त्यही बाट जनसत्ताका नाचहरु चलिरहेका हुन्छन।तर राज्यका डाडु पन्यौ चलाउनेहरु भान्सा बाट बाहिर निस्कन मानिरहेका छैनन अनि रथ समयमा नदि छेउ आएन र हाम्रा डुंगाहारु बूकिङ हुन सकेनन र हामी त्यही रथयात्राको प्रतिक्षामा छौं।
डुंगा चलाउने माझिदाइहरुको सम्पर्क हाम्रो रथ यात्रामा आउदै गरेका असन्तुष्टहरुसग छ।उनिहरुलाई सम्पर्क गर्न हामिसग नम्बर छैन।तर समाजवादी क्रान्तिको त्यो चोकमा पुग्न अझै उनिहरुले उचित गति लिएका छैनन अनि यो देशले मदनका हत्यारा,राजाका हत्याराहरुलाई कारबाही गर्न सकेको छैन,देशका नदिनाला बेच्नेहरुलाई नमस्कार गरेको छ।सत्रहजारको हत्याराहरु भने महासेठ बन्दै, हास्दै,रमाउदै,गणतन्त्रको मिठाई खादै नाचिरहेका छन।राजनितिक रङ्गमन्चको डिस्को हलमा रातै पिच्छे लाखौंको बिल तिर्दै डिस्कोका बेस्टु भैसकेकाहरु हिजो गणतन्त्र देखि डराउथे,आज समाजवाद र क्रान्ती देखि डराइरहेका छन।
क्रान्ती परिवर्तन हो युद्द होइन।हिजो युद्द थियो अब क्रान्ती हुनेछ। क्रान्तिका मर्महरु रातो किताबले एकदिन अवश्य संस्थागत गर्नेछ र मृत्यु पर्यन्त पनि कुनै पनि अपराधीले कानुनको सजाय बाट माफी र उन्मुक्ति पाउने छैन।हो त्यो कानुन नै समाजवादी लोक्तन्तन्त्रको कानुन हो।नमस्कारेहरुले चिन्न सकेनन । धन्यवाद
लेखक:- लक्ष्मण चौलागाईं (क.विद्रोही)