• किसोर श्रेष्ठ
    उर्लाबारी ।  हरेक देशको विकास र समृद्धिका लागि युवा शक्तिको महत्वपूर्ण भूमिका हुन्छ । देशको विकास प्रकृयामा युवाले सकृय र प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भने यूवा जोस जागरले समाज रुपान्तरणमा पनि महत्पूर्ण भूमिका खेलेको हुन्छ । यस्तै एउटा उदेश्य बोकेका यूवाहरुको समूह हो, भिजन फाउन्डेशन नेपाल

    उर्लाबारीका युवाहरु राजु लामा, प्रविण गुरुङ, मिलन गौतम र अरुण बस्नेतको संयुक्त पहलमा १० वर्ष पहिले स्थापनामा आएको भिजनले स्थापनाको यस अवधिमा समाज रुपान्तरणका निम्ति विभिन्न सकारात्मक कार्यहरु गरिसकेको छ ।
    स्थानीय स्तरका स्वास्थ्य, शिक्षा र सामाजिक कार्यहरुमा विषेश रुपमा जोड् दिदै आएको भिजनले उर्लाबारी पुस्ताकलय, बिराटनगर आँखा अस्पतालको सहयोगमा सर्वसुलभ मुल्यमा आँखा उपचार सेवा केन्द्र स्थापनामा ल्याएको छ ।



    यस क्षेत्रका कयौं गरीब तथा विपन्न वर्गका व्यक्तिहरुको उपचारमा आर्थिक संकलन मार्फत नयाँ जिवन दिएर भिजनले मानवताको उदाहरण समेत देखाइसकेको छ भने विभिन्न जनचेतना मुलक कार्यहरु समेत गर्दै आएको यस संस्थाले २०७२ सालकोे भुकम्पबाट पिडित बनेका सिन्धुपाल्चोकका मानिसहरुलाई राहत वितरण गरेको थियो ।



    व्यवस्थित समाज निर्माणका लागि युवाहरुका सामाजिक संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सोचका साथ संस्थाको स्थापना गरेको भिजनका अध्यक्ष राजु लामाले बताएका छन् । युवा शक्तिले नै समाज रुपान्तरण गर्न सक्ने भन्दै समाज रुपान्तरणमा युवाहरुलाई लाग्न समेत उनी सबैलाई अपिल गर्छन् । भन्छन्, ‘वर्तमान समयमा समाज विकृतियुक्त भएको र यसलाई बचाउन युवाहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’



    शैक्षिक क्षेत्रका सकारात्मक रुपान्तरण र विद्यार्थीहरुको मनोवल उच्च राख्ने उदेश्यका साथ भिजनले प्रत्येक वर्ष यस क्षेत्रका माध्यामिक तहका विद्यालयलाई समेटेर हाजिरी जवाफ र वक्तिवकलाको समेत आयोजना गर्दै आएको छ । प्रत्येक वर्ष प्राविधिक तालिमको आयोजना गर्दै आएको भिजनका अध्यक्ष राजु लामाले जानकारी गराएका छन् । देशमा बढ्दो वेरोजगारीको समस्यालाई मध्यनजर गर्दै स्थानीय सोलुशन कम्पुटरसँगको सहकार्यमा युवाहरुलाई निःशुल्क स्वरोजगार तालिमको आयोजना गर्दै आएको भिजनलाई देश तथा विदेशमा भएका नेपालीहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।



    । हाल ४० जना आजिवन सदस्य रहेको यस संस्थामा १० जना साधारण सदस्य रहेका छन् । उर्लाबारीका समुन राई, यादव भण्डारी, मनिस भण्डारी, निर्मल भण्डारी, दिपक श्रेष्ठ, समिप राई, कृष्ण राज गिरी, बानु सुब्बा, अरुना थापा, मदन भण्डारी, तिर्थ प्रधान, चेतराज श्रेष्ठ, शेखरराज भण्डारी, रोमन शाक्य लगायतका युवा जमात यस संस्था मार्फत समाजसेवा गर्दै आएका छन् ।


    उर्लाबारीका गरीब तथा विपन्न वर्गका बालबालिकाहरुलाई प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य चेकजाच र ५० जना नानीहरुलाई निःशुल्क अध्यापन गराउने भिजनको आगामी योजना रहेको अध्यक्ष लामाले जानकारी दिएका छन् । उक्त कार्यक्रमलाई सफल बनाउन यतिबेला भिजन फाउन्डेशनले साँगीतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमबाट संकलित रकम बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्चिने पनि लामाले बताएका छन् ।

    आगामी असोज ९ गते पूरानो चर्चित कन्दरा ब्यान्ड र नेपाल आइडलकी केन्जल मेहर श्रेष्ठलाई भिजनले पूर्वमा नै पहिलो पल्ट उर्लाबारी भित्राउँदै छ । स्थानीय दर्शन कलेजमा हुने कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजक भिजनले बताएको छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…