विराटनगर, वैशाख ११
प्रदेश नं १ को समाजिक विकास मन्त्रि जिवन घिमिरेले स्वास्थ क्षेत्र भित्र भएको अर्थिक बेथितिलाई अन्त्य गर्ने बताउनु भएको छ । माउण्टन टेलिभिजनको ''हाम्रो प्रदेश'' कार्यक्रमका लागि मंगलवार अन्र्तर्वाता दिदै मन्त्रि घिमिरेले स्वास्थ सेवाको नाममा अब अस्पतालले विरामीसंग मनोमानी रुपमा रकम असुली गर्न नपाउने जिकिर गर्नुभयो । त्यसका लागी विज्ञहरुको टोलि बनाएर प्रदेशका हरेक अस्पतालको अनुगमन गर्ने मन्त्रि घिमिरेले योजना प्रस्तुत गरेका थिए । विषेश गरी अस्पतालले दिने हरेक खाल्का सेवा, सर्जिकल समाग्रीको एमआरपी, औषधिको मुल्य र अस्तालले फर्मेर्सीसंग लिने शुल्कको विषयमा बृहत रुपमा अनुगमन गरी विषेश निति ल्याईने मन्त्रि घिमिरेको भनाई थियो । मन्त्रि घिमिरेले यहि साताभित्र अनुगमन समिति गठन गरी पाहिलो चरणको काम शुरु गर्ने समेत अन्र्तवर्ताको क्रममा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । समाजिक विकास मन्त्रालाय अन्र्तगत अहिले शिक्षा, स्वास्थ र सरसफाई लगाएतको क्षेत्रलाई पनि समावेश गरीएको छ ।
विराटनगरको अस्पातलहरुले अस्पतालहाता भित्र फार्मर्सी संचालन गर्नेसंग मासिक एक लाख देखि २५ लाखसम्म भाडा लिईरहेका छन् । त्यसैगरी फेमेर्सीले समेत सर्जिकल समाग्रीमा एमएरपी मेटाई/ढाकछोप/सम्पादन गरी ५०० प्रतिशतसम्म वढी शुल्क विरामीसंग लिने गरका छन् । जसको आर्थिकभार अन्तत: उपोभोक्ताले नै बेर्होनु पर्दै आएको छ ।
पुरा अन्र्तरवार्ता यस लिंकलाईमा छ > https://www.youtube.com/watch?v=74vsXZgvmpY&index=6&list=PLDoMhBfAJoZ-sSCkoftJHUrkxWxZHC48c