• इनरुवा । आर्थिक अभावका कारण सुनसरी जिल्लामा विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बञ्चित भएका छन् । सरकारले गरिब तथा विपन्न बालबालिका पढाइबाट बञ्चित हुनु नपरोस् भनी छात्रवृत्तिका लागि प्रत्येक वर्ष अर्बौं रुपैयाँ खर्च गरिरहँदा यहाँका बालबालिकाहरु भने पढ्नबाट बञ्चित छन् ।


    विद्यालय पढ्नका लागि आवश्यक पर्ने कापि, कलम, झोला, विद्यालयको पोषाक, खाजा खाने पैसा र विहान साँझ घरमा खाना खानका लागि आवश्यक पर्ने स्रोत नभएपछि यहाँका गरिब तथा विपन्न परिवारका बालवालिका पढाई छाडी ज्याला मजदुर गर्न बाध्य भएका छन् ।
    जिल्लामा विद्यालय नै नजाने वा पढ्दा पढ्दै २–३ कक्षामै पढाइ छोड्नेहरु मध्ये अधिकांश बालवालिका बाबुआमा नै नभएका, बाबुले सौतेनी आमा ल्याएर हेला गरेका, द्वन्द्ध पिडित ,दलित तथा मजदुरका छोराछोरी छन् । अनाथ तथा विपन्न भएपछि यहाँका बालवालिकाहरु पढ्ने उमेरमा पनि जबरजस्त मजदुरी गर्न बाध्य भएका छन् ।


    होटल तथा रेष्टुरेण्टमा भाडा माझ्ने, भारी बोक्ने, गिटी फुटाउने, बालुवा चाल्ने, जीप तथा बसहरुमा खलासी गर्ने, धनाड्य व्यक्ति, सरकारी कार्यालयका कर्मचारीहरुको घरमा बसेर घरायसी काम गर्नु बालबालिकाहरुको दैनिकको दिनचार्य जस्तै भएको छ ।
    जिल्लामा गत आर्थिक वर्षमात्र पनि करिव साडे तिन करोड रुपैयाँ छात्रवृत्ति विवतरण गरिएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । सरकारले त्यति ठूलो परिणाममा छात्रवृत्ति उपलब्ध गराउँदा पनि सदरमुकाम कै बालबालिकाहरु भने आर्थिक अभावका कारण पढ्नबाट बञ्चित छन् ।


    इनरुवा ९ का कलामुद्धिन मंसुरी बजारमा भारी बोकेर ज्यान पाल्ने गरेका छन् । स्कूल पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अभावका कारण कक्षा ३ मा पढ्दा पढ्दै छाडेर भारी बोक्न थालेको उनको भनाई छ । १० वर्षीय वि.क. सकि नसकि आपूmभन्दा ठूलो भारी बोक्नु परेको बताउँछन् ।


    इनरुवा –२ का १३ वर्षीय बालक रामलाल उरावले बालुवा चाल्न थालेको ३ वर्ष भै सकेको छ । स्कूलको मुख सम्म नदेखेको उनले सानै देखि घरमा बसेर भाइ बहिनी हेर्ने गरेको बताउछन् ।
    उनका आमाबाबुले पनि दिनभरी बजारमा इटा, गिट्टी बालुवाको काम गर्ने र साँझ रक्सी खाएर झगडा गर्ने गरेकोले आपूmले पढ्न नपाएको उनले गुनासो गरे । आपूm संगैका साथीहरु झोला बोकेर पढ्न गएको हेरिरहन मन लाग्ने उनको भनाई छ ।
    इनरुवाका ११ बर्षिय परमान्द खत्वे सदरमुकामको एउटा होटलमा भाँडा माझ्न थालेको १ बर्ष भयो । घरको आर्थिक अवस्था कमजोर रहेकोले बाध्य भएर सदरमुकाम  आई होटलमा काम गर्न थालेको उनको भनाई छ ।
    जिल्लाको सदरमुकाम इनरुवा मात्रै हेर्ने हो भने पढ्ने समयमा बालश्रम गर्न बाध्य भएका बालबालिकाहरु दर्जनौँ देख्न पाइन्छ ।


    जिल्लाको अधिकांस होटलहरुमा बालश्रमिक हरु छन् । जिल्ला बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालय,प्रहरी लगायतका बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले जती नै शुकै प्रयत्न गरेपनि होटल बाट बाल मजदुर हटाउन नसकेको गुनासो गर्छन् ।
    बालबालीका लाई होटल बाट हटाएर संझाइ बुझाई गरीघरमा लगि छोडेपनि २ ्र४ दिनमै भाग्ने गरेको र पुनः सडक बालक भई बिकृत काममा लाग्ने गरेका कारण समस्या झनै बल्झिएको उनिहरुको भनाई छ ।


    यता सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कलिला बालबालिका श्रममा लगाएको पाइएको छ । इनरुवालाई “स्मार्ट सिटी” बनाउने अभियान अन्तर्गत इनरुवा नगरपालिका क्षेत्रमा केहि महिना यता बाटो निर्माणको क्रममा स्कुल पढ्ने बालबालिकालाई श्रममा लगाएको पाइएको हो । इनरुवा नगरपालिकाले २०७३ जेष्ठ १४ गते नै बालश्रममुक्त नगर घोषणा गरेपनि त्यो कार्यन्वयनमा नआउँदा सदरमुकाममा बाल मजदुरहरुको संख्या बढ्दै गएको र स्कुल जानेबेलामामा बालबालिकाहरु मजदुरी गर्न बाध्य बनेको पाईन्छ ।

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…